🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विभाजनकारीलाई एकता प्रक्रियामा फर्काउनूस : महेश बस्नेत

नेकपाका नेता महेश बस्नेतले प्रचण्ड र माधवकुमार नेपाल समूहलाई विभाजनकारीको आरोप लगाउँदै एकतामा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । 

संसद् पुनस्थापनाको केही घण्टापछि एक स्ट्याटस लेख्दै ओलीनिकट बस्नेतले यस्तो आग्रह गरेका हुन् । 

‘मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा फर्काउनुस्,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘विभाजनकारीलाई एकता प्रक्रियामा फर्काउनुस् । पद प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिँडाउनूस् ।’ 

बस्नेतले फुटबलको भाषा प्रयोग गर्दै पहिलो गोल मिस भए पनि पुनः अर्को गोल हान्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । तर उनले प्रधानमन्त्रीले अब चाल्नुपर्ने कदमबारे भने प्रष्ट रुपमा केही पनि बताएका छैनन् ।