🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

समाजसेवी लालबहादुर तामाङ(स्टार)द्वारा सामाजिक कार्य

काठमाडौं ।  समाजसेवी लालबहादुर तामाङ (स्टार)ले रामेछापको तीन विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामाग्रीहरु सहयोग गरेका छन् । समाजसेवी तथा राजनीतिकर्मी तामाङले रामेछापको लिखु तामाकोशी गाउँपालिकाको आधारभुत विद्यालय तथा उच्च माध्यमिक विद्यालयलाई लेखन सामाग्रीहरु कापी, कलम, खेलकुदका सामाग्रीहरु भलिबल, नेट तथा खानेपानीका पाइपहरु हस्तान्तरण गरेका हुन् ।  

\"No

२०७७ फागुन ४ गते श्रीपञ्चमीको शुभ अवसरमा समाजसेवी तामाङले रामेछापको मानेडाँडास्थित मानेडाँडा पूर्ण प्राथमिक विद्यालय र श्री लालीगुराँस छेरिङ्गै आधारभुत विद्यालय, लिखुतामाकोशी गाउँपालिका–५, छापगाउँका विद्यार्थीहरुलाई कापी तथा कलम वितरण गरेका हुन् । उनको यस सामाजिक कार्यलाई मानेडाँडा पूर्ण प्रा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान विक तथा प्रअलगायत सम्पूर्ण शिक्षक तथा अभिभावकहरुले धन्यवाद व्यक्त गरे । 

\"No
त्यसैगरी, तामाङले झट्टेश्वर उच्च माध्यमिक विद्यालयमा श्रीपञ्चमीको शुभअवसरमा खानेपानीको पाइप सहयोग गरेका छन् । विद्यालयमा विगतदेखि नै खानेपानीको समस्या रहँदै आएको कुरालाई मध्यनजर गर्दै तामाङले पाइप सहयोग गरेका हुन् । उनको यो सामाजिक कार्यको कदर गर्दै विद्यालयले तामाङलाई सम्मानपत्र हस्तान्तरण गरेको छ । साथै स्थानीय राजनीतिकर्मी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत शिक्षक तथा अभिभावकहरुले उनको यस सामाजिक कार्यको प्रशंसा गरेका छन् । 

\"No

तामाङले विगतका दिनमा विभिन्न विकट क्षेत्रहरुमा सहयोग गर्दै आइरहेका छन् । तामाङले आगामी दिनमा पनि विकट क्षेत्रहरुमा आर्थिक अभावका कारण अध्ययन गर्न नसक्ने बालबालिकाहरुलाई भौतिक तथा आर्थिक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।