🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पशु सेवा विभागको निर्देशकमा श्रेष्ठ पक्का 

काठमाडौं । पशु सेवा विभागको रिक्त महानिर्देशकको जिम्मेवारी डा. दमयन्ती श्रेष्ठले पाउने पक्का पक्की भएको छ । करिब २ महिनाअघि डा. वंशी शर्मा अवकास भएपछि रिक्त रहेको विभागले पहिलो पटक महिला नेतृत्व पाउने निश्चित भएको हो । 

शर्मा अवकास भएपछि विभागको महानिर्देशकमा केही सहसचिवले रुचि देखाएका थिए । खासगरी विभागको उप–महानिर्देशकको जिम्मेवारीमा रहिसकेकी र हाल प्रदेश २ को कृषि मन्त्रालयकी सचिव रहेकी सम्झनाकुमारी काफ्लेले विभागमा फर्किने प्रयास गरेकी थिइन् । यसका लागि उनले शक्ति केन्द्रमा दौडधुप गरेको चर्चा मन्त्रालयतिर थियो । तर मन्त्री पद्या अर्यालले निराश बनाएकी छन् । 

त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव डा. विजयचन्द्र झालाई पनि विभागको सम्भावित महानिर्देशकका रूपमा हेरिएको थियो । काफ्लेले जस्तै झाले पनि विभागको नेतृत्व हत्याउन रुचि देखाएका थिए । उत्तिकै कसरत पनि गरेका थिए । तर सबै आकांक्षीलाई पछि पार्दै दमयन्तीले मन्त्री अर्यालको मन जितेको स्रोतको दाबी छ । 
‘करिब २ महिनाअघि देखि रिक्त पशु सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. दमयन्ती श्रेष्ठलाई दिने निर्णय मन्त्री अर्यालले गरेकी छन्,’ स्रोतले भन्यो । 

स्रोतका अनुसार,कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दमयन्तीलाई विभागको महानिर्देशकको जिम्मेवारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेकोमा सोहीअनुसार सरुवाको पत्र तयार भएको छ । उक्त पत्र आइतबार नै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पठाइ सकिएको स्रोतले जनायो । तर आइतबार ढिलो गरी मन्त्रालयमा श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिइएको पत्र पुगेकाले त्यसलाई बुझ्न भने पाएकी छैनन् । उनलाई सोमबार उक्त पत्र बुझाउने तयारी छ । 

लामो समय वंशी शर्माले नेतृत्व गरेको विभाग पछिल्लो समय बदनाम छ । खासगरी औषधिको अनुमतिदेखि खरीद कार्यमा चरम अनियमितता भइरहेको छ । भिटामिन भन्दै पानी बेच्न अनुमति दिने काम पनि डा. वंशी शर्माकै कार्यकालमा भयो । यी विषयमा परेका कैयन उजुरीमाथि अख्तियारमा अहिले छानबिन चलिरहेको छ । विभागले पाएको पहिलो महिला महानिर्देशकको मुख्य काम विभागलाई शुद्धीकरण गर्नु रहेको विभागका कर्मचारी बताउँछन् । श्रेष्ठसँग विभागमा काम गरेको लामो अनुभव रहेकाले पनि उनले आफ्ना अग्रजका गलत कदमलाई नपछ्याइ देश र जनताको हितमा काम गर्ने विश्वास कर्मचारीले राखेका छन् ।