🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रसुवागढीमा चीनद्वारा एक वर्षदेखि नाकाबन्दी : व्यवसायीले गरे आत्महत्या 

रसुवा, १ फागुन । नेपाली कांग्रेसका नेता एंव रसुवा जिल्लाबाट तत्कालीन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवागढी नाका पूर्ण संञ्चालनमा ल्याउन माग गरेका छन् । 

 
 २८५७ औं सोनम ल्होछार लाङ ल्हो (गोरु वर्ग) को अवसरमा आरुखर्क जुरेढुङ्गा युवा समाज नौकुण्ड – १ रसुवाको आयोजनामा संचालित कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले रसुवागढी नाका लामो समय देखि पूर्ण संञ्चालनमा आउन नसक्दा  नेपाल र चीन बिचको व्यापारिक कारोवार प्रभावित हुनुका साथै रसुवाली दाजुभाइ को गरिखाने बाटो बन्द भएको बताएका छन् । 

 
 ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु आज किस्ता तिर्न नसकेर गाडीनै बुझाउने अवस्थामा पुगेको भन्दै उनले ४०० भन्दा बढी रसुवाली ड्राइभर र यस संग जोडिएका कैयो को रोजगारी खोसिएको बताए । 

 
नाका खोल्न को लागि सम्बन्धित निकायहरुमा पटक पटक अनुरोध गर्दा पनि केही नलागेकाले सबैले आआफ्नो क्षेत्रबाट आवाज उठाउन उनले पत्रकार लगायत सबैलाई आग्रह गरेका छन् । 

 
१ वर्ष देखि नाका पूर्ण सञ्चालनमा आउन नस्कदा पारि रहेका गाडी र १००० भन्दा बढी कन्टेनर सामग्री के कस्तो अवस्थामा छ थाहा नभएको भन्दै नेता आचार्यले कतिपय खाध्य सामग्रीहरुको उपभोग्य मिति गुज्रिसकेको गुनासो व्यापारीहरुले गरिरहेको बताए । 

 
 कार्यक्रममा बाग्मति प्रदेस सभा सदस्य  प्रेम तामाङले नाका संञ्चालनमा आउन नस्कदा  व्यापारीहरु ठुलो मर्कामा परेको ,ब्याज र किस्ता तिर्न नसकेर १ जना व्यापारीले त आत्महत्या नै गरेको खबर ले दुखी बनाएको बताए । 

चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरि नाका संचालनमा ल्याइएको भन्दै उनले चीनले गरिरहेको नियन्त्रण फुकुवा गर्न नेपाल सरकारको तर्फबाट समेत ठोस पहल नभएको आरोप लगाए। यो एक प्रकारको अघोषित नाकाबन्दी नै भएको उनको आरोप थियो।

सो अबसरमा कार्यक्रमका अन्य बक्ताहरु उत्तरगया गाउँपालिका प्रमुख उपेन्द्र लम्साल, नौकुण्ड गाउँ पालिका प्रमुख नुर्पु साङ्बो घले र   आमाछोदिङ्मो गाउँ पालिका प्रमुख बुचुङ तामाङले नाका पूर्ण रुपमा संञ्चालनमा ल्याउन सरोकारवाला पक्षको घ्यानाकर्षण गराएका छन्।

 
 २०७६  वर्ष माघ १५ देखि नाका बन्द छ। सुरुमा ल्होसारका कारण बन्द भएको नाका पछि कोरोना भाइरसको महामारी फैलिएसँगै २०७७ जेठ महिनाको २१ गतेसम्म नाका पूर्ण रुपमा बन्द भयो । 

जेठ २२ गतेदेखि चीनबाट नेपालतर्फ एकतर्फी सामान ल्याउने गरि नाका संचालनमा ल्याइएको थियो ।

त्यस बिचमा पनि पटक पटक नाका बन्द भयो । नियमित रुपमा नाका संचालन हुदा यो नाकाबाट दैनिक सय भन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गरेको थियो ।