🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले यसरी बन्यो देशकै ठूलो पार्टी : एमालेको २९६ सिट पुगेको छ

भक्तपुर, २९ असोज   ।  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्ने बताएका छन्  ।

बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता एवं निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले तराईमा एमालेविरुद्ध छर्न खोजिएको भ्रमलाई चिरेर अगाडि बढ्ने बताएका हुन् ।

नेता ओलीले भने , “संसद् नभएको अवस्थामा आजको दिनबाट स्थानीय तहको निर्वाचनमा मतपरिणामको हिसाबले एमाले देशको सबैभन्दा ठूलो पार्टी भइसक्यो ।”

आफू प्रधानमन्त्री हुँदा तराईको शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, सडक, घर हस्तान्तरण जस्ता विकासका काम शुरु गरे पनि त्यसपछिको सरकारले ती कार्यक्रमलाई अलपत्र पारेको उनको आरोप थियो ।

एमाले, नेकपा(माओवादी केन्द्र) र राप्रपा गठबन्धनबाट उपसभामुख भएका यादवले आजदेखि आफू एमाले भएको बताएका छन्  । यादवले भने ,“मैले मेरो पूर्वपार्टीका अध्यक्ष कमल थापालाई उपसभामुख रहुञ्जेल नैतिकताका आधारमा पार्टी छाड्न मिल्दैन भनेको थिएँ, त्यसैले निवर्तमान भएकै भोलिपल्ट एमाले प्रवेश गरेको हुँ, ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल, पहाड तराईलाई जोड्ने ओलीको सोचले नै एमालेमा समाहित भएको हुँ ।”

कार्यक्रममा चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य दलबहादुर बस्नेत पनि एमाले प्रवेश गरेका छन् । यादव र बस्नेतलाई एमाले महासचिव ईश्वर पोखरेल र एमाले संसदीय दलका नेता सुवास नेम्वाङलगायतले टीका र खादा ओढाएर स्वागत गरेका थिए  ।

यसरी बन्यो एमाले पहिलो दल
२०७४ असोज  २९ गतेबाट एमाले पहिलो दल, संसदको  कार्यकाल समापनसँगै अब मुलुकमा दलहरुको आकार फेरिएको छ स्थानीय चुनावको नतिजाका आधारमा अब ११ दलमात्र अस्तित्वमा छन् :संसदको कार्यकाल समापन सँगै मुलुकमा दलहरुको आकार फेरिएको हो।  आकारका हिसाबले एमाले पहिलो र नेमिकपा एघारौं स्थानमा पुगेका छन्।  
१ः नेकपा एमाले (२९४ सिट)
२ःनेपाली कांग्रेस (२७४ सिट)
३ःमाओवादी केन्द्र (१०६ सिट)
४ःसंघीय फोरम (३४ सिट)
५ःराजपा नेपाल (२५ सिट)
६ःफोरम लोकतान्त्रिक (६ सिट)
७ःराप्रपा (कमल थापा) (४ सिट)
८ःराष्ट्रिय जनमोर्चा (३ सिट)
९ःनयाँ शक्ति पार्टी (२ सिट)
१०ःनेपाली जनता दल (२ सिट)
११ःनेपाल मजदूर किसान पार्टी (१ सिट)
पुनश्चः४ स्वतन्त्रमध्ये डोल्पा र मुस्ताङका २ एमाले प्रवेश गरेपछि एमालेको सिट २९६ पुगेको छ

स्रोतः निर्वाचन आयोग