🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी

पोखरा, २९ असोज  : लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन्  ।

संघको ११ औँ महाधिवेशनअन्तर्गत असोज २८ गते शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा बलराम ढकाल, प्रथम उपाध्यक्षमा छत्रधर आत्रेय, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ निर्वाचित भएका छन्  ।

त्यस्तै महासचिवमा भरतकुमार अधिकारी, उपमहासचिवमा गोपीचन्द्र बाँस्तोला, कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भएका छन्  ।

आठजना खुल्ला सदस्य पदमा १५ जनाबीच भएको प्रतिस्पर्धामा उपेन्द्रराज सुवेदी, रामजी पौडेल, मेनुका श्रेष्ठ, भरतराज ओझा, सरोजराज अधिकारी, भीमबहादुर नेपाली काइला, शिवप्रसाद भण्डारी र धीरजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । दुई महिला सदस्यमा जानुका अधिकारी र राधा सापकोटा निर्वाचित भएका छन ।

संस्थागततर्पm शैलेन्द्रमोहन भट्टराई र एशोसिएटतर्फ प्रशान्तराज धमला यसअघि नै निर्विरोध निर्वाचित भएका थिए  ।

कार्यसमितिमा निर्वाचित अध्यक्षले तीनजना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । संघका नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचनमा कूल एक हजार १५७ मत खसेको थियो । रासस