🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आन्तरिक राजश्वले पाएन डीजी 

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागमा १ महिनासम्म पनि महानिर्देशक खटाउन सकेको छैन । विभागका महानिर्देशक विनोदबहादुर कुँवर २०७७ पुस २१ गते गण्डकी प्रदेशमा सरुवा भएपछि पद रिक्त छ । अर्थ मन्त्रालयले १ महिनादेखि महानिर्देशक पठाउन सकिरहेको छैन । महानिर्देशक हुने चर्चामा रहेका मन्त्रालयभित्रका सहसचिवहरू कोही तयार नभएपछि बाहिरबाट खोजी भइरहेको छ । विभागको महानिर्देशकका लागि मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य, रामेश्वर दंगालको नाम चर्चामा भएपनि उनले रुची नदेखाएकाले अन्य सम्भावित उम्मेद्वारको दौडधुप सुरु भएको छ । 

आन्तरिक राजस्व विभागको महानिर्देशकका लागि राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली, गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयकी सचिव चन्द्रकला पौडेल, उद्योग मन्त्रालयका सहसचिव बलराम रिज्याल, उद्योगकै सहसचिव यज्ञप्रसाद ढुंगेलको नाम चर्चामा छ । ठूला घरानियाको कारोवारमा ध्यान नदिएका तर भारेभुरेलाई समातेर अर्व अर्वको हिसाव गर्दै आन्तरिक राजश्व विभाग ताक्दै आएका डीजी मैनालीले राजश्वमा बसी ३० अर्बभन्दा बढी नक्कली भ्याट बिलदेखि विभिन्न राजस्व छली गर्नेका विरुद्ध मुद्दा दायर गरेको दावी गर्दै आन्तरिक राजस्व विभागमा महानिर्देशक बन्ने रहर गरिरहेका छन् । 

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले विभागको महानिर्देशक पठाउन विलम्ब भएको बारेमा भने, ‘आजभोलि नै विभागमा महानिर्देशक पठाउँछौ ।’