🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जलवायु तटस्थाको मार्गमा यति एअरलाईन्सको यात्रा आरम्भ

काठमाडौं, माघ १२, २०७४ ।  राष्ट्र संघिय विकाशकार्यक्रमको सहभागितामा यती एअरलाईन्स  Carbon Neutral  एअरलाईन्सका रुपमा आपूmलाई स्थान्तरण गर्ने औपचारिक कार्यको थालनी गरेको छ ।

माघ १२ गते होटल हिमालयमा आयोजित कार्यशालामा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण, नागरिक समाजका अगुवा संघ÷संस्थाहरु र निजी क्षेत्रको सहभागितामा एअरलाईन्सले विगत एक वर्षको उत्सर्जन गरेको हरित गृह ग्याँस र त्यसले वातावरणमा पार्ने असरका बारेमा छलफल गरियो ।

हवाई यात्रा र यससँग सम्बन्धित सवारी साधनले वातावरणमा पार्ने प्रभावका बारेमा नेपालमा पहिलो पटक यस्तो खालको अभ्यासको शुरुवात गर्न पाउँदा यति एअरलाईन्सले गर्व महसुस गरेको बताएको छ ।

यति एअरलाईन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईका अनुसार, नागरिक उड्डयन प्राधिकरण र राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को अमूल्य सहयोगका कारण यति एअरलाईन्स  Carbon Neutral को दिशामा अघि बढ्ने नेपालकै पहिलो वायुसेवा हुन सफल भएको हो । राई भन्छन् “हामी सबैको सहयोगले निश्चय नै यस दिशामा सानै भएपनि ठोस सहयोग पु¥याउन सक्ने छौं ।”

राष्ट्र संघीय विकास कार्यक्रम नेपालको Country Director   रेनोड मेयर नेपालमा पहिलो पटक यति एअरलाईन्सले आफूलाई Climate Neutral Company का स्वरुपमा रुपान्तरण गर्ने ऐतिहासिक र साहसिक निर्णय गरेकोमा एअरलाईन्सलाई बधाई दिंदै भने “यस कार्यले अरु थुप्रै कम्पनीहरुलाई पनि राष्ट्र संघको दिगो विकास लक्ष्य २०३०” प्राप्तगर्ने दिशामा ठोस योगदानहरु पु¥याउन प्रेरणा मिल्नेछ ।’’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले पनि यति एअरलाईन्सको यस निर्णयले प्राधिकरणको उड्डयन क्षेत्रलाई वातावरण मैत्री बनाउने तथा हरित गृह ग्याँस कम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासमा ठोस योगदान पु¥याउन मद्दत पु¥याउने कुरामा विस्वस्त रहेको बताए ।

प्रारम्भिक तथ्याङ्क अनुसार, सन् २०१७ मा यति एअरलाईन्सले १८,१३३ टन कार्वन उत्सर्जन गरेको छ । यसको मुख्य श्रोत भनेको एअरलाईन्सले शहरी क्षेत्रमा पु¥याउने हवाई सेवा वापत वायु यानहरुले प्रयोग गर्ने ईन्धन नै हो । माथि उल्लेख भएको कार्वन Neutrilize  गर्न ४,७०,००० रुख विरुवालाई दश बर्षको समय अवधि लाग्न सक्छ । एअरलाईन्समा नयाँँ  leet थप गरेसँगै सन् २०१६ को भन्दा सन् २०१७ मा प्रति यात्रु ७ प्रतिशत र प्रति कि.मी. ११ प्रतिशत कार्वन उत्सर्जन घटेको पाईन्छ ।

“यति एअरलाईन्स भविष्यमा कार्वन उत्षर्जन गर्नका लागि अझ प्रभावकारी मार्गको खोजी, वायु यानको छनोट, कर्मचारीहरुको तालिम, जनचेतनाको बृद्धि र वायुयानमा प्रयोग हुने सामानहरुको भार घटाउनेमा जोड दिँदै नेपालको उड्डयन क्षेत्रमा अग्रणी भूमिका खेल्न प्रतिबद्ध छ र रोक्नै नसकिने वायु उत्षर्जन कमगर्न UN Certified  क्रेडिटको खरिद वा अरु उपयोगी साधनमार्फत मिलेर उसको सुझाव र सल्लाहलाई शिरोधार्य गरि दिगो विकास लक्ष्य प्राप्त गर्न ऐक्यवद्धता प्रकट गर्छौं । हामीले कार्वन न्युट्रल कम्पनी बन्ने लक्ष्यको थालनी सन् २०१८ मा सुरु गरेका छौं” भन्छन् प्रमुखकार्यकारी अधिकृत उमेश चन्द्र राई ।