🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फिजीमा समुद्री आँधी, एकको मृत्यु, पाँच बेपत्ता

सुभा, फिजी । दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

आना नाम दिइएको भारी वर्षा सहितको उक्त आँधीको बेग १४० किलोमिटर प्रतिघण्टा रहेको छ । आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्न भएको र बाढी आएको छ । राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एक जना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँच जना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ । 

आँधी प्रभावित सात हजार ६०० भन्दा बढी व्यक्तिलाई बाढी प्रभावित इलाकाबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ । स्थानीय संचार माध्यमहरुले प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिटी सोकोको भनाई उद्धृत गर्दै स्थानीय मानिसले पूर्व चेतावनीलाई बेवास्ता गरेका कारण समस्या उत्पन्न भएको जनाएका छन् ।

गत डिसेम्बरमा आएको यासा नामको यस्तै शक्तिशाली आँधीमा परेर चार जनाको मृत्यु हुनुका साथै २३ हजार भन्दा बढी मानिस सुरक्षित स्थलमा शरण लिन आइपुगेको थिए ।