🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इजरालयमा ३० लाखले लिए कोरोना विरुद्धको खोप

जेरुसेलम।  इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ । 

गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन् । इजरायलको जनसंख्या करिब ९३ लाख रहेको छ । 

मन्त्रालयका अनुसार ७० वर्ष र सोभन्दा बढी उमेरका ९० प्रतिशतभन्दा बढी व्यक्तिले खोप लिइसकेका छन् । इजरायलमा कोभिड–१९ बाट संक्रमितको कूल संख्या ६ लाख ४० हजार नाघेको छ जसमध्ये ७२ हजार व्यक्तिमा सक्रिय संक्रमण छ । 

इजरायलमा कोभिड–१९ संक्रमितमध्ये चार हजार ७४५ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेका व्यक्तिको संख्या एक हजार १६२ छ । कोभिड–१९ संक्रमितमध्ये पाँच लाख ६४ हजार संक्रमणमुक्त भएका छन् ।