🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काष्ठ उद्योग कै काठ चोर्ने गिरोह पक्राउ

भक्तपुर, १२ माघ (रासस) : महानगरीय प्रहरी वृत्त थिमिको एक टोलीले विभिन्न स्थानमा काठ चोर्दै हिँड्ने एक समूहलाई काठसहित पक्राउ गरेको छ । 

गत पुस २२ गते सूर्यविनायक नगरपालिका–४, हर्षचोकमा जलहरि शिवाकोटीले सञ्चालन गरेको न्यू सार्थक काष्ठ उद्योगबाट ६८ थान काठ चोरी गरी भाग्दै गरेको बा ६ च १५४८ नंको डिआई पिकअप भ्यानका साथ सो भ्यानका चालक मकवानपुर थाहा नगरपालिका–२ बस्ने २५ वर्षीय सोनम दोङ र समूहका थप छ जनालाई स्थानीय बालाजु पैयुँटार र टोखाबाट पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २२ वर्षीय सुमन स्याङ्ताङ, नुवाकोट ककनी–५ घर भएका बालाजु पैयुँटारस्थित सम्राट् फर्निचरका सञ्चालक ४८ वर्षीय श्याम गुरुङ, नुवाकोट ककनी–५ का हरिबहादुर लामा, नुवाकोट शिवपुरी–८ का ३८ वर्षीय राजकुमार भनिने श्यामबहादुर तामाङ, थाहा नगरपालिका–५ का १९ वर्षीय सानु भनिने सना मोक्तान र सोमलाल बल रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए  । 

प्रहरीले सो समूहका साथबाट विभिन्न स्थानबाट चोरी गरिएको करीब रु १३ लाखको ३९३ काठ, झ्याल ११ र ढोका चार थान बरामद गरेको छ । 
–––