🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

काठमाडौं । विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामथ्र्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ समिति गठन गरेको  जनाइएको छ । 

    पार्टी केन्द्रीय सदस्य केशव दाहालका संयोजकत्वमा गठित  समितिमा केन्द्रीय सदस्य रमेश पौड्याल, समीक्षा बाँस्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो । समितिका संयोजक दाहालले समितिले आफ्नातर्फबाट लिने अग्रसरताका साथै  आफ्नो पार्टीसँग मिलेर अघि बढ्न चाहने दल, समूह, अभियान र व्यक्तिलाई समितिसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।