🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चन्द्रागिरि ‘हिरो अफ इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित

समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पुर्याएवापत उनलाई सो सम्मान अर्पण गरिएको हो । 
    

क्रेटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गरेका हुन् । “सम्मानले आफूलाई अगामी दिनमा समाजसेवमा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ,” युवा व्यवसायि समेत रहेका प्रधानले कार्यक्रममा भने । 
    

कार्यक्रममा ‘प्लेयर अफ दि इयर२०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित भए । पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रेटर्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनुहुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा सन्दुक रुइत  छन् ।