🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाको हवाई कारबाहीमा कैयौँ लडाकू मारिए

अबुजा।  नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ । सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको उत्तरी बोर्नाे राज्यमा भएको यहाँको सेनाको कारबाहीमा परी सो ती बोको हराम मारिएका हुन् । 

बुधबार ताम्बुनगिनी भन्ने स्थानमा यहाँका बोको हरामहरु लुकेर बस्ने गरेका छन् । उनीहरुले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाई कारबाही गरेको थियो । सो कारबाहीमा परी कैयौं बोको हराम मारिएको यहाँको सेनाले जनाएको छ तर के कति संख्यामा मारिएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन । 

बोको हरामहरुले यहाँको उत्तरी बोर्नाे राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन् । सो क्षेत्रमा उनीहरुले इस्लामिक स्टेटहरुलाई स्थापित गर्न खोजेका छन् । तर सरकारको पटक पटकको कारबाहीका कारण यो सम्भव हुन भने सकेको छैन ।(रासस÷सिन्ह्वा)