🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल 

काठमाडाैं । नेपाली शान्ति सैनिकले अफ्रिकी मुलुक Central African Republic को एक प्रमुख शहर Bambari लाई विद्रोहीको कब्जामा पर्नबाट जोगाएकाे खबर छ । आगामी पौष १२ गते हुन गईरहेको आम निर्वाचनमा पूर्व राष्ट्रपति Francois Bozize लाई निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित गरेपछि शुरु भएको सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि उक्त निर्वाचन हुने वा नहुने भन्ने अनिश्चित बन्दै गएको  परिस्थितिमा विपक्षी राजतीतिक दलहरुले पनि शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारलाई अनुरोध गर्दै  आएका छन् ।

यसैबीच विद्रोही समूहहरुले देशको उत्तर, पश्चिम र दक्षिणी भू-भागबाट आक्रमण शुरु गरी राजधानी Bangui प्रवेश गर्ने प्रयास गरिरहेका छन् भने उक्त प्रयासलाई रोक्न त्यहाँ तैनाथ शान्ति मिशन MINUSCA ले शान्ति सैनिकहरुलाई सरकारी सेनालाई मद्धत पुर्‍याउन निर्देशन दिएको छ ।

 यसै क्रममा मिति २०७७ पुस ०७ गते विद्रोही समूह Union for Peace in CAR (UPC) ले Central African Republic को चौथो ठूलो शहर Bambari लाई नियन्त्रणमा लिएपछि सो को प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको गणको एक गुल्म परिचालन भई विद्रोही विरुद्ध प्रतिकारात्मक कारवाही गर्दै उनीहरुलाई पछि हट्न बाध्य बनाएको थियो ।

यसरी उत्पन्न अनुकूल परिस्थितिको उपयोग गर्दै सरकारी सेनाले पुनः उक्त शहर नियन्त्रणमा लिन सफल भएको भनी अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचारहरु प्रकाशित भएकाे नेपाली सेनाले जानकारी दिएकाे छ ।

सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीहरुको आक्रमणको प्रयासलाई विफल पारेको थियो । घटना पश्चात विद्रोही समूहबाट ठूलो संख्यामा हात हतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको छ । उक्त कारवाहीमा सहभागी नेपाली शान्ति सैनिकहरु सबैजना सकुशल रहेकाे पिन नेपाली सेनाले  बताएकाे छ । 

 अनिश्चित र संवेदनशील सुरक्षा अवस्था रहेको भएतापनि शान्ति मिशनको निर्देशन बमोजिम आगामी निर्वाचनका लागी सुरक्षित वातावरण बनाउन नेपाली शान्ति सैनिकहरुले आफ्ना सुरक्षात्मक गतिविधिहरु बृद्धि गर्नुका साथै विभिन्न कारवाहीहरु संचालन गरिरहेकाे जानकारी पनि नेपाली सेनाले  दिएकाे छ ।