🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोतमा बलिदिन नपाइने

बागलुङ । काठेखोला गाउँपालिका–६ बिहुँस्थित कोत मन्दिरमा पशुपक्षीको बलि दिन रोक लगाइएको छ । कोतमा आगामी चैत ३० गतेपछि बलि चढाउन नपाइने भएको हो ।

यसअघि गरेको बलिको भाकल भए तोकिएको समयभित्र पूजाआजा गर्न वडा कार्यालयले सार्वजनिक सूचनामार्फत जनसाधारणमा अनुरोध गरेको छ । जनप्रतिनिधि, कोत सञ्चालक समिति, सन्त, पुजारी, गाउँका भद्रभलाद्मीसहितको भेलाले बलि प्रथा हटाउने निर्णय गरेको वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिनुभयो ।

पशुपक्षीको बलि दिने परम्परालाई हटाई परापूर्वदेखि चलेको वैदिक विधिपूर्वक सात्यिक पूजा गरिने उहाँको भनाइ छ । “कतिपय कोतमा बलि नदिई पूजै हुँदैन तर हाम्रो कोत मन्दिर त्यस्तो होइन”, अध्यक्ष कँडेलले भन्नुभयो, “पूर्वजहरुले पनि सात्यिक पूजा चलाउँथे, पछि आएर बलि दिने प्रथा शुरु भएको थियो, अब त्यो अन्त्य हुन्छ ।”

बिहुँमा एकै ठाउँमा दुई कोत मन्दिर छन् । दुवै कोतलाई ‘बिहुँकोट’ भनेरसमेत चिनिन्छ । धर्मका नाममा मन्दिर र कोतघरमा दिइने बलिको पशुपक्षी अधिकारकर्मीले समेत विरोध गर्दै आएका छन् । (रासस)