🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वैशाख ७ गते बिहीबार सूर्यग्रहण लाग्ने

काठमाडौं, ४ वैशाख । वैशाख शुक्ल पूर्णिमा अर्थात वैशाख ७ गते बिहीबार सूर्यग्रहण लाग्ने भएको छ । यो दिन लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

नेपालबाट नदेखिने भएका कारण सूर्य ग्रहणको नेपालमा कुनै दोष नपर्ने उनको भनाइ छ । यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने उनले बताए ।

यस दिन दोष नपर्ने भएका कारण सूर्यग्रहण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उनले जानकारी दिए ।

वैशाख  ७ गते लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट सूर्यग्रहण देखिने छ ।