🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महाधिवेशनसम्म कसैले कसैलाई राजीनामा दे भन्न पाउँदैन

(देशको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक किचलोमा फसिरहेको छ । दुई अध्यक्षबीचको असमझदारीले पार्टी एकता महाधिवेशनअघि नै वैचारिक द्वन्द्व देखिएको छ । जनताको म्यान्डेट पूरा गर्न पनि एकता कायम हुनुपर्छ भनी दोस्रो तहका नेताहरू लागिरहेका छन् । यही विषयमा आधारित रहेर नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूड्डसँग कुराकानी गरेका छौं–सम्पादक) 

० दुई अध्यक्षहरू मिल्ने सम्भावना कत्तिको देख्नु हुन्छ ?
–नमिलिकन कसैलाई धरै छैन । पार्टी एकता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्‍या हो । आफूले एकता गरेको पार्टीलाई फुट्न नदिने कुरामा उहाँलाई प्रचण्डकै सहयोग जरुरी छ । अध्यक्ष प्रचण्डलाई पनि उहाँको पनि सहयोगले पार्टी यहाँसम्म आइपुग्या हो । पार्टीएकता दुई जनाले मिलेर गर्नुभयो भने जोगाइराख्न पनि दुईजनाकै भूमिका महत्वपूर्ण हुन्छ नि । त्यसैले दुई अध्यक्षहरूनमिली सुखै छैन । 

० दुवैका आरोपयुक्त प्रतिवेदनले त मिल्ने सम्भावना देखिदैन नि ?
–विश्वास भत्काउने कुरा, जनतामा संसय पैदा गर्ने कुरा, सारा कार्यकर्तालाई चिन्तिम बनाउने कुरा, मुलुक र जनताको पक्षमा सोच्नेलाई चिन्तित बनाउने कुरा त उहाँहरूकै गतिविधिले गरेको हो । हुँदाखाँदाको पार्टीलाई फेरि टुक्रयाउनका लागि या कमजोर बनाउनका लागि जुनखालको हर्कत भइरहेको छ के यो चाहिँ अरुले गरिदिएको हो र ? एकले आर्कोलाई आरोप लगाउनुको कुनै अर्थ छैन । कसले के गर्‍या भन्ने कुरा सबैजनालाई थाहा छ । यो एकले अर्कोलाई कमजोर बनाउने खेल हो ।

० प्रधानमन्त्री ओली विरुद्ध पार्टी यसरी खनिनुको पछाडि कुन तत्वले काम गरेको छ जस्तो लाग्छ ?
– प्रधानमन्त्री बाहेकका अरु नेताहरूलाई फियर फ्याक्टरले काम गरेको छ । त्यो के हो भने केपी ओलीले यसरी काम गर्दै गयो भने अघिल्लो पटक पनि उहाँले राजनेताको हैसियत प्राप्त गरेको हो, यो पटक पनि दुई किनारामा हिँडेका पार्टीलाई एकठाउँमा ल्याउने काम त ग¥या हो । जनताले पाँच वर्ष एउटै सरकार चल्छ भन्ने विश्वास पाए । यो चिजलाई कसले बिगारेको हो, यिनै केपी ओली विरोधी नेताहरूले  होइन ? ।

सरकारले कहिले रेलवे काम, कहिले सिँचाई आयोजनाको काम, कहिले भारतसँगका कुराकानी, कहिले भारतले मिचेको भूमि समेटेर नक्सा जारी गर्ने काम गरेको छ । केपी ओली नताति कसैलाई कालापानी, लिम्पियाधुरा र लिपुलेक दुखेन । अहिले केपी ओलीको पालामा आएर सिङ्गो राष्ट्रलाई एकजुट गर्नुभयो । पूर्व प्रधानमन्त्रीहरूलाई एकजुट गर्नुभयो । सबै दलहरू र नागरिक समाजलाई एकजुट पारेर संविधान संशोधन गरेर मुलुकको नयाँ नक्सा ल्याउने काम गर्नुभयो । फेरि पनि प्रधानमन्त्री ओलीको यस्तो कामले गर्दा अर्को डर हाम्रा नेताहरूमापसेको हो । 

० प्रधानमन्त्रीमाथि प्रचण्डले राष्ट्रियताका बारेमा संगीन आरोपहरू लगाउनु भयो नि त ?
–‘झिँगाको श्रापले डिँगो मर्दैन’ भन्ने थाहा छैन र । डिँगा मोटो भएपछि झिँगालाई लोभ लाग्छ । मासु खान पाए हुन्थ्यो । मरिदिए हुन्थ्यो । भीरबाट लडिदिए हुन्थ्यो । बाघले खाइदिए हुन्थ्यो मासु त खान पाइन्थ्यो भन्छ रे झिँगाले । यस्तै यस्तै कुरा हो । किनभनेदेखि जनताले पाँच वर्ष कम्युनिष्ट पार्टीको गठबन्धनको टिमलाई भोट हालेको । पाँच वर्ष त चलाउन देउ न के बिग्रेको छ । कांग्रेसले तीन तीन पटक बहुमत पाउँदा सकेन । हामी गर्छौं भनेर भोट मागेको हैन ?

० प्रचण्डले आलोपालो प्रणालीमा धोका पाएको बताउनु हुन्छ नि ?
–दुई वर्षसम्म सजिलै चल्या हो नि । बीचबीचमा नेताहरूलाई महत्वाकांक्षा पलाएको छ । कसैलाई प्रधानमन्त्री हुने, कसैलाई ‘अर्ली अध्यक्ष’ भयो भने अर्को पटक अध्यक्ष बन्न सजिलो हुन्छ भन्ने छ । यही लोभलालचले काम गरेको छ नि दुनियाँमा । नत्र विधिले, विधानले, जनताको म्यान्डेटले त हाम्रो वैधानिक प्रवन्धले पाँच वर्षलाई त दिएकै छ त । गोयबल्स शैलीमा हजार पटक भनेपछि असत्य पनि सत्य हुन्छ । अहिले यही नै हो भन्ने जुन भ्रमपूर्ण प्रचार भइरहेको छ यो हाम्रो नेताहरूको कारणले भएको हो । 

० सरकारले आखिर जनताका लागि के ग¥यो त भ्रष्टाचार बाहेक भन्ने आरोप पनि छ ?
–उहाँले जुन जुन आरोप लगाउनु भयो नि ललिता निवास प्रकरणमा प्रधानमन्त्रीले भ्रष्टाचार ग¥यो भनेर जनतालाई सफेद झुठ बोल्ने ? ललिता निवासको जग्गा जसरी दलालहरूले मिच्यो केपी ओली प्रधानमन्त्री हुँदा भएको हो र ? अरु प्रधानमन्त्री हुँदा भएको हो । कतिसम्म पूर्वाग्रही कुरा छ । वाइडबडी न्यारोबडी कसको पालामा खरिद भएको हो ? शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा भएको हैन ?भ्रष्टाचारीलाई बचाउन केपी ओलीलाई आरोप लगाएको हो कि ? दुनियाँको सामु यसरी कुरा गर्दा नै जनताले उहाँहरूलाई विश्वास ग¥या छैन । 

० अहिले त सबैले यो सरकार भ्रष्ट भन्न थाले नि ?
–भन्या छैन । जे जे भयो भनेर भनिएको छ यो अहिले भएको हो ? हैन । जजसले आरोप लगाएका छन् ती नेताहरू भने भ्रष्टाचारमा सामेल छन् । एमसीसी काण्ड यसरी गर्न खोज्या भनेर पनि भन्छन् । एमसीसीको सम्झौता कसको पालामा भएको ? प्रचण्डजी प्रधानमन्त्री भएको बेलामा भएको हैन ? अहिले त एउटा सरकारले गरेका कुराहरू अर्को सरकारले राज्यको सिग्नेटोरी राज्यको हैसियतले निरन्तरता दिएको मात्र न हो । काम सबै आरोपी नेताचहरूले नै गरे, अनि आफूहरूले गरेको र अहिले आफूले केही नगरेको जस्तो गर्न त मिलेन नि । 

० भनेपछि केपी ओली दूधले नुहाएको प्रधानमन्त्री ?
–दूधले ननुहाएको भए अख्तियारले समात्नु पर्‍यो नि । अदालतले पनि देखाउनु प¥यो नि । ग¥या छैन त केही पनि । जसरी जुन जुन आरोप लाग्या छ त्यो साँच्चै भएको भए त अख्तियार स्वतन्त्र छ त छानविन गर्न । यो मुलुकमा अख्तियारले हैन मन्त्रीहरूलाई जेल हालेको । कति जना मन्त्रीहरू अख्तियारको कारणले जेल गए, थाहा छैन र । विशेष अदालतका कारण कति मन्त्रीहरू जेल गएका छन् । अख्तियार के हेरेर बस्छ । केन्द्रीय सतर्कता केन्द्र के हेरेर बस्छ । अदालत छँदैछ । व्यक्तिले उजुरी हाल्नु पर्‍यो । हालेर मात्र भएन दोषी ठहरिन पर्‍यो । मिथ्या चिजहरू खडा गरेर मान्छेलाई भ्रम छर्दिएको छ । ताकि यसलाई महाधिवेशनमा पराजित गर्न सकौं । अर्को पटक चुनावमा पराजित गर्न सकौं । यसमै अल्मलाऔं । यसरी नै काम गर्दै गयो भने सबैलाई भ्याइदिने भयो । त्यसैले लगाइएका प्रधानमन्त्री माथि लगाइएका सबै आरोप मिथ्या छन् । 

० प्रचण्डले त प्रमाणित गर्छु भन्नुभएको छ नि ?
–एउटा मान्छेले भनेर हुन्छ ? अदालतबाट ठहरिनु पर्‍यो नि । कहाँ देखिएको छ भ्रष्टाचारी ? जो जोलाई दलालहरूलाई सम्हालेर बसेका हुन्छन् नि उनीहरूको काम नगरिदिएपछि सरकार र प्रधानमन्त्री ओलीमाथि आरोप लगाउँछन् । म धेरै कुरा नखोलौं । जनतालाई भ्रम दिने काम गर्नुहुन्न । जनता सुसूचित हुन पाउनु पर्छ । नेताहरूबाट आफ्नो कद घटाउनेमात्र काम भएको छ । प्रतिष्ठा गिराउने बाहेक केही भएको छैन । सम्बन्धित व्यक्तिबारे जनताले जे विश्वास गरेको थियो त्यो विश्वास घटाउने बाहेक केही भएजस्तो लाग्दैन यो झगडाले । 

० यति र ओम्नीमा प्रधानमन्त्रीको संलग्नता किन आयो त ?
–ओम्नीमा प्रकरणमा भ्रष्टाचार कति भएको छ ? किन नसमातेको त स्वास्थ्यमन्त्रीलाई ? सीसीएमसीको केन्द्रीय संयोजकलाई अख्तियारले किन नसमातेको ? प्रहरीले किन नसमातेको ? भ्रष्टाचारमा मुद्दा किन नचलाएको ? यसरी नै अफबाह फैलाइयो । मान्छेहरू भ्रममा परे । साँचो कुरा के भने जुन कम्पनीलाई सामान ल्याउन दिएको हो उसले सामान ल्याउँदा तलमाथि गर्‍या हो र? ओम्नीले कोरोनाको त्रासले जनजीवन भयभित भएको समयमा तत्काल स्वास्थ्य सामग्री ल्याएर देशको सेवा गर्‍यो ।

विषम परिस्थितिमा करोडौंको स्वास्थ्य सामग्री सप्लाई गरेर राज्यलाई गुन लगाए  पनि ओम्नीले एक पैसा भुक्तानी पाएको छैन रे । प्रधानमन्त्री माथिको आरोप तभताभुङ्गे राजाको शैली टाइपको आरोप हो । त्यसैले प्रधानमन्त्रीलाई लगाएका आरोपमा सत्यता छैनन् । भएको भए उहिल्यै कठघरामा जानुपर्दथ्यो । उहीले बालकोट फर्किनुपर्दथ्यो । प्रधानमन्त्री छोड्नु पर्दथ्यो । 

० प्रधानमन्त्रीले अब दुवै पद नछोड्ने भन्ने हो ?
–भनिसक्नु भयो उहाँले नै । हामी पार्टी एकता गर्दा दुई जना अध्यक्ष राख्नुपर्ने भयो । दुई जना अध्यक्ष भयौं हामी । पार्टी एकताको महाधिवेशन नहुन्जेलसम्मका लागि पार्टी सहमतिमा चलाउने हो । त्यतिन्जेलसम्मका लागि साविक एमालेबाट केपी ओली अध्यक्ष हुने र साविक माओवादीबाट प्रचण्ड अध्यक्ष हुने र दुवै जनाले पार्टी चलाउने र दुवै चलाउने जहाज चलाएको जस्तो चलाउने भन्यो । महाधिवेशन गरेपछि जसलाई अध्यक्ष बनाउन चाह्यो बनाउँछ । एक जना अध्यक्ष भने एक जना र दुई जना भने दुई जना राख्ने काम महाधिवेशनले गर्छ । त्यो बेलासम्म प्रचण्ड कमरेडलाई पनि राजीनामा दिन भन्न केपी कमरेडले पाउनु हुन्न । प्रचण्डले पनि राजीनामा दिन केपी कमरेडलाई भन्न पाउनु हुन्न । 

० आफूलाई लगाएका आरोप प्रमाणित नभए प्रचण्डले राजीनामा दिनुपर्छ भनेर ओलीले भन्नुभएको छ नि ?
–भन्नुभयो । यो कुरा भयो त ? यो कुरा हुन्छ ? एकता महाविधेशनसम्म राजीनामा माग्नु भनेको एकता भङ्ग भयो भनेको हो । केपीले भने पनि प्रचण्ड कमरेडले भने पनि जसले भन्यो उसले एकताको म्यान्डेट तोडेको हो । दुवैले सहमतिमा काम गर्ने भनिएको छ । सहमति तोड्ने प्रयत्न भएकाले नै अहिलेको यो समस्या आएको छ । 

० अब समाधान कसरी होला ?
–दुवैका कमजोरी हटाउनु पर्‍यो । प्रचण्ड कमरेडले जुन दिन ओली कमरेडको दुवै पदबाट राजीनामा माग्नुभयो त्यही दिनदेखि उहाँहरू बीचमा भएको सहमति र पार्टीमा भएको सहमति तोडियो आफ्नो आफ्नो बाटो लागौं भन्या हो । तर हामीजस्ता आन्दोलनको पक्षमा लागेका, नेपाली जनताले दिएको म्यान्डेटलाई कायम राख्नका लागि जोडिइराख्नका लागि प्रयास गरेका छौं । पार्टी एकताका लागि लागेका छौं । २०७७ असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठक ८९ दिनमा आएर किन टुङ्गियो भने हामीले छलफल गरेर पार्टी एकता जोगाउनु पर्छ भनेर लाग्यौं । काशी र कुतीतिर फर्केर बसेकालाई सहमतिको विकल्प छैन भनी एक ठाउँमा ल्यायौं । त्यो सहमति जारी रहन्छ ।