🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्व कप्तान  खड्का कोरोना भाइरसबाट सङ्क्रमित

काठमाडौँ, २६ मड्सिर (रासस)  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उहाँले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।  

    पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराउनु भएको हो । आजै उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहनुभएको थियो ।

कोरोना पुष्टि भएपछि उहाँले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उहाँ चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बस्नुभएको छ । 

    उहाँले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउनुभएको छ । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसक्नुभएको छ । उहाँहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित हुनुभएको हो ।  
–––