🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने पक्राउ

काठमाडौं । सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-९ सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका बस्ने १७ वर्षीय किशोर र सोही ठाउँ बस्ने १५ वर्षीय किशोर रहेका छन् ।

    अनाधिकृत रुपमा पहुँच बनाई प्रचलित ऐन कानुन विपरीतका कार्यहरु हुने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा अनधिकृत रुपमा सरकारी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत कसूर गरेको खुलेपश्चात उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की समेतको सहयोगमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ