🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भन्सार छलि सुन ल्याउने २ जना पक्राउ

काठमाडौं। भन्सार छलि चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक काठमाडौं महानगरपालिका-३२ बस्ने तेह्रथुम छथर गाउँपालिका-४ घर भएका ३२ वर्षीय कुमार सेन्चुरी र काठमाडौं महानगरपालिका-१५ बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षी गंगा बहादुर मगर रहेका छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गत शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका-९ सिनांमगलस्थित गोल्डेन गेट अगाडिबाट गंगा बहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको  साथबाट  नगद ११ लाख ८६ हजार ५ सय फेला पारेको र थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक कुमारलाई  बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि आइतबार उक्त ज्बलेर्सबाट करिब १४९.९५ ग्राम बराबरको ३ थान सुनको बाला सहित कुमारलाई समेत पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान  विभाग हरिहर भवन ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।