🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हराएको गहना र नगद सम्बन्धित धनीलाई बुझाइयो

प्रहरीले एक महिलाको हराएको अठार तोला गरगहना र रु ३१ हजार ५०० फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले लैनचौरकी ५३ वर्षीय शोभा सापकोटाको यही मङ्सिर १२ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ महानगरपालिका–२६ लैनचौर जाने ट्याक्सीमा हराएको गरगहना र नगद फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो । 

 परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले विमानस्थलबाट लैनचौर आउने क्रममा हराएको उक्त गरगहना र नगद  बा १ य ९६८ नंको ट्याक्सीमा फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिनुभयो । प्रहरीले उक्त नगद र गरगहना टोखा नगरपालिका–२ का २८ वर्षीय दीपेश बस्नेतसँग फेला पारेर दिएको हो ।  रासस