🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कास्कीको जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा ग्लोबल आइएमई बैंक

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले २०७७ मंसिर १२ गते शुक्रबार कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एस.पी. प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पी. जीवन कुमार श्रेष्ठले संयुक्तरुपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् । 

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यक मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका – ९, नयाँबजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाकाे पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सहित २३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।