🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गँगटाहरूले भरिएको द्वीप !

अस्ट्रेलियामा एउटा यस्तो द्वीप रहेको छ, जहाँ जताततै गँगटो नै गँगटो देख्न सकिन्छ । यहाँ राता गँगटाहरू पाउन सकिन्छ । जसकारण पूरै सडक नै राताम्मे हुने गर्दछ । क्रिसमस नाम गरेको द्वीप अस्ट्रेलियाको क्वीन्सल्यान्डमा रहेको छ । क्रिसमस द्वीपमा हरेक वर्ष करोडौंको संख्यामा गँगटाहरू सडकमा कुद्ने गर्दछन् । 

यहाँ जंगल, घर, रेस्टुरेन्ट, बार, बस स्टप जताततै गँगटाहरू हुने गर्दछन् । नोभेम्बरदेखि जनवरीको बीचमा क्रिसमस द्वीपमा हरेक वर्ष गँगटाहरू प्रजनन गर्नका लागि जंगलको एक कुनाबाट जंगलको अर्काे कुनातर्फ रहेको इन्डियन महासागरतर्फ यात्रा तय गर्दछन् । सरकारले गंगटाको त्यसबखत प्रजनन्को समय भएका कारण यस आइल्याण्डका सडकहरू बन्द गर्ने गर्दछ । यस द्वीपमा ठाउँ–ठाउँमा गाडी विस्तारै चलाउनु भन्ने बोर्डहरू राखिएको छ, जसकारण गँगटाहरू मर्नबाट बचून् ।