काठमाडौं, माघ ३ । भर्खरै बसेको मन्त्रिपरिषद बैठकले प्रदेशप्रमुख र प्रदेशको अस्थायीकेन्द्रको निर्णय गरेको छ ।
धेरै लामो समयदेखि सरकारले निर्णय लिन नसकि अड्किरहेको प्रदेश प्रमुख र अस्थायी केन्द्रको टुङ्गो आज ३ वजे बसेको मन्त्रीपरिषद बैठकले लगाएको हो।
आज तोकिएका प्रदेशका अस्थायी केन्द्र र नियुक्त हुने प्रदेशप्रमुख देहायअनुसार छ –
प्रदेश १ को केन्द्र विराटनगर र प्रदेश प्रमुखमा गोविन्द सुब्बा।
प्रदेश २ को केन्द्र जनकपुर र प्रमुखमा रत्नेश्वर लाल कायस्थ।
प्रदेश ३ को केन्द्र हेटौंडा र प्रमुखमा अनुराधा कोइराला ।
प्रदेश ४ को केन्द्र पोखरा र प्रमुख बाबुराम कुँवर।
प्रदेश ५ को केन्द्र बुटवल र प्रमुख उमाकान्त झा ।
प्रदेश ६ को केन्द्र सुर्खेत र प्रमुख दुर्गाप्रसाद खनाल।
प्रदेश ७ को केन्द्र धनगढी र प्रमुखमा मोहनराज मल्ल ।



