🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वमन्त्री सरीता गिरीले चर्काइन्  अनुराधा कोइरालाको नागरिकता विवाद 

काठमाडौं, माघ ३।  अनुराधा कोइरालालाइ नागरिकता विवादमा तान्ने प्रयास गरिएको छ।

सरकारले अनुराधा कोइरालालाइ प्रदेश नम्बर ३ को प्रमुखमा नियुक्त गर्ने चर्चा चलिरहेकै बेलामा पूर्वमन्त्री सरीता गिरीले विवाद उठाएकी हुन्।

गिरीले ट्वीटमा लेखेकी छिन्, ‘अनुराधाजी को नाम प्रदेश प्रमुखमा आइरहेको छ। उनको विरुद्धमा मैले भन्नु पर्ने केही छैन। वहाँ अन्तर्राष्ट्रिय ख्याति प्राप्त महिला हुनु हुन्छ। धेरै महिलाको उद्धार गर्नु भएको छ। तर, मैले राज्यसँग संवाद गर्नुपर्दछ।’

अर्को ट्वीटमा सरीता गिरीले लेखेकी छिन्, ‘मैले जानेअनुसार वहाँ दार्जिलिङको हुनुहुन्छ र विवाहपछि नेपाली नागरिक हुनुभएको छ। म गल्ती पनि हुन सक्छु। तर यदि यो सत्य हो भने नागरिकता कानूनको सम्बन्धमा राज्यको द्वैध नीति पुनः प्रमाणित भएको छ।’

सरीता गिरीले विवाद खडा गरेपनि अनुराधा कोइरालासँग वंशजकै नागरिकता भएको पुष्टी भएको छ। सरीता गिरीले विवाद खडा गरेको बिषयमा अनुराधा कोइरालाले भनिन्, “मेरो बुवा भारतीय सेनाको कर्नेल भएर सेवा गर्नु नागरिकताको मान्यता विपरीत थिएन,’ कोइरालाले  भनिन्, ‘म ६८ वर्षकी भएँ र विगत ५० वर्ष देखि नेपालमै छु। सुरुको १८ वर्ष मैले भारतमा अध्ययन गरेकी हुँ। मेरो लागि प्रदेश प्रमुख भन्दा नागरिकता प्यारो छ। किनकी त्यसले र मेरा अन्य गतिविधिले यो पदको पात्रता प्रदान गरेको छ।”