दिल्ली, माघ २ \\ भारतमा हज (पवित्र तीर्थयात्रा)मा जाने ईश्लाम धर्माबलम्बीहरुको लागि दिंदैआएको अनुदान भारत सरकारले बन्द गरिदिएको छ।
अनुदान बन्द गरेकोमा भारतका ईश्लाम सङ्गठन र मौलानाहरुले स्वागत गरेका छन्। “ईश्लाम धर्माबलम्बीहरुको पवित्र ग्रन्थ ‘कुरान’मा ‘मुफ्तका पैसा लिनु र खानु हराम हो’ लेखिएको छ; त्यसैले यो स्वागतयोग्य छ” मौलानाहरुले भनेका छन्।
केही महिनाअघि भारतमा जातीय आरक्षणको बिषयमा राष्ट्रिय बहस चलेको थियो । बहसबाट ‘जातीय आरक्षण इतिहासकै महाभूल’ भन्ने निस्कर्ष निस्केको थियो।
अरुले आफ्ना गल्ति सुधार्नथालेका छन्, तर हामीभने अरुकै गलत बाटोलाइ पछ्याइरहेछौं।



