काठमाडौं । ‘सानालाई ऐन र ठूलालाई चैन’ को सख्त विरोध गर्दै विप्लव माओवादी यतिबेला आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ । उसले परिआए यो सामन्ती संस्कार भत्काउन सशस्त्र संघर्ष नै गर्ने चेतावनी दिइरहेको छ । तर, यिनै विप्लवको विद्यार्थी संगठनमा पहु“चवालालाई उन्मुक्ति दिएर निर्दोषलाई बलिको बोको बनाइएको घटना बाहिर आएको छ । घटना सरस्वती क्याम्पस, ठमेल र अमृत साइन्स क्याम्पसस“ग सम्बन्धित हो । यी दुवै क्याम्पसले केही महिनाअघि टेन्डरमा पर्खाल निर्माण गरेका थिए । सरस्वती क्याम्पसले ७० लाखमा र अस्कलले पनि लगभग यति नै रकमबराबरको वाल निर्माण ठेक्का अलग–अलग निर्माण कम्पनीलाई दिएको थियो ।
सबैलाई ज्ञात छ, यसरी कलेजमा हुने निर्माणको ठेक्कामा विद्यार्थी संगठनका नेताहरूले सीमित प्रतिशतको भाग खोज्ने गरेका छन् र निर्माणकर्ताले उनीहरूको माग अनुसार नै भाग दिने गरेका छन् । यी दुई क्याम्पसमा पनि विप्लवको विद्यार्थी संगठनसहित पा“च संगठनलाई टेन्डर पारेको निर्माण कम्पनीले १५ प्रतिशत छुट्ट्याएको थियो । हो, यही रकमको विषयले अहिले विप्लवको विद्यार्थी संगठनमा असन्तुष्टि चुलिएको छ ।
सरस्वती कलेज अगाडिको वालको टेन्डरको कमिसनवापतको रकम लिन निर्माणकर्ताले विप्लवको विद्यार्थीलाई बोलाइरहेका छन् । रकम लिन आउलान् कि भनेर उनी खल्तीमै रकम बोकेर हि“डेको स्रँेतले बताएको छ । तर, विप्लवको पार्टीले ठेकेदारको खल्तीमा भएको रकम लिएको आरोपमा सरस्वती क्याम्पस इकाईका पूर्व अध्यक्ष कृष्ण सेवालाई पार्टीबाटै निलम्बन गरेको छ ।
उदेकलाग्दो कुरा त के छ भने सरस्वती क्याम्पसबाट मात्रै केही पाइलाको दूरीमा रहेको अमृत साइन्स क्याम्पसको वाल बनाएबापत प्राप्त अढाइ लाख पार्टीलाई नबुझाएर चप्काएका दुई पात्र भने पार्टीमा डुक्रि“दै हि“डेका छन् । विप्लवको विद्यार्थी नेता लोकेश विक र विनोद लुइ“टेलले यसरी रकम लिएको आरोप छ । यसरी गलत काम गर्नेलाई आफन्त भएकै कारण उन्मुक्ति दिएको र निरीह भएकै कारण निर्दोषलाई कारबाही गरिएको भन्दै विप्लवको विद्यार्थीभित्र यतिबेला असन्तुष्टि चर्किएको छ ।



