🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिनी  माफियाले मूल्य बढाउन चिनी लुकाए, बजारमा हाहाकार

काठमाडौं । तिहारको पूर्वसन्ध्यामा चिनी उद्योगीहरुले कृत्रिम अभाव सृजना गरेका छन् । हरेक वर्ष चाडपर्व नजिकिँदै गर्दा उद्योगसँग कृत्रिम अभाव देखाउ“दै बजारमा मूल्यवृद्धि गर्दैआएका शशीकान्त अग्रवालसहितका उद्योगीहरुले यो वर्ष पनि त्यही प्रवृत्ति दोहो¥याएका छन् ।

लकडाउनका कारण आयात गर्न नपाएकाले उद्योगसँग रहेको मौज्दात चिनी साउनमै सकिएकाले बजारमा चिनीको अभाव भएको झुठो प्रचार गर्दै मूल्यबृद्धि गरिएको छ । अहिले उपभोक्ताले बजारमा प्रतिकिलो ९५ रुपैयाँमा चिनी खरिद गर्दैआएका छन् । 

 सरकारले २०७६ माघमै साल्ट ट्रेडिङ कर्पोरेसनले मागे अनुसारको चिनी आयात गर्न दिएको भए अहिले बजारमा प्रतिकिलो बढीमा ७० रुपैयाँ प्रतिकिलो चिनी बिक्री गर्ने अवस्था हुन्थ्यो । तर बजारमा चिनीको अभाव भएपछि सरकारले बल्लतल्ल साल्ट ट्रेडिङलाई २०७७ भदौमा २० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दियो ।

कोरोना महामारीसँगै भारत, पाकिस्तान, ब्राजिल जस्ता चिनी उत्पादक देशमा पनि मूल्यबृद्धि भएकाले साल्ट ट्रेडिङले भदौमा आयात गरेको चिनी प्रतिकिलो ७४ रुपैयाँ ५० पैसा बीरगंजको मूल्य राखेको छ ।

काठमाडौंको मूल्य ७७ रुपैयाँ २० पैसा मूल्य तोकिएको छ । साल्ट ट्रेडिङले ७७ रुपैयाँ २० पैसामा चिनी दिइरहे पनि उसले २० हजार मेट्रिक टन मात्र ल्याएकाले मौज्दात धेरै छैन । ब्यापारीले भने अहिले पनि ८३ रुपैयाँ थोक मूल्यमा चिनी बिक्री गर्दैआएका छन् । चिनी उद्योग संघले बजारमा चिनी लुकाएर कृत्रिम अभाव सृजना गरी उपभोक्तामाथि मूल्यबृद्धिको भार थोपर्ने काम गरेको छ, चिनीको कालोबजारी गर्ने काम भइरहेको छ । 

 चाडपर्वको मुखमा यसरी चिनीको कृत्रिम अभाव गर्नेहरुमाथि कडा कारबाही हुनुपर्छ, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले भने, खाद्य तथा ब्यापार कम्पनीलाई सरकारले १० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिए पनि उसले कात्तिक अन्तिमसम्म पनि ल्याउन सकेको छैन । जबकि साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई एकैपटक चिनी आयातको अनुमति सरकारले दिएको थियो । साल्ट ट्रेडिङले २०७७ भदौमै चिनी ल्याई बिक्री गरिसकेको छ । 

८१ हजार मेट्रिक टन चिनी ब्यापारीले लुकाए

चिनी उद्योग संघका हर्ताकर्ता शशीकान्त अग्रवालको योजनामा विभिन्न कम्पनीका नाममा ८१ हजार ८ सय १.९५ मेट्रिक टन चिनी साउनदेखि असोजसम्म आयात गरेको अभिलेख भन्सार विभागसँग सुरक्षित छ । यो चिनी ब्यापारीले अहिलेसम्म निकालेका छैनन् । बजारमा साल्ट ट्रेडिङसँग रहेको चिनीको मौज्दात सक्ने र कृत्रिम अभाव सृजना गराई महंगो मूल्यमा बिक्री गर्ने उद्दृेश्यले उक्त चिनी लुकाएर राखिएको स्रोतले बताएको छ ।

चिनीको मूल्य बढाउनकै लागि बजारमा चिनीको हाहाकार गराउने काम शशीकान्त अग्रवालहरुले गरेका छन् । तीन महिनाको बीचमा आयात भएको चिनी कहाँ छ सरकारले खोजी गर्नुपर्ने हो । तर शशीकान्त अग्रवाल जस्ता ब्यापारीको मुट्ठीमा सरकार छ । र, उनैले चिनी लुकाएर राखी कृत्रिम अभाव सृजना गराउने कामको नेतृत्व गरेका छन् । भन्सार विभागस“ग महिनामा कति चिनी भित्रियो भन्ने सबै अभिलेख हुन्छ ।

जुन अभिलेख हेरेरै सरकारले ब्यापारीको गोदाममा छापा हानी चिनी जफत गर्नुपर्नेमा अग्रवालहरुको पकड सरकारमा बलियो भएकाले उनीहरुलाई कालोबजारी गर्दा पनि कुनै कारबाही हुनसकेको छैन । जसमा केपी ओली सरकारका उद्योग राज्यमन्त्री मोति दुगडसमेतको मिलेमतो रहेको छ । 

८१ हजार मेट्रिक टन चिनी लुकाएका ब्यापारीले भारतमा डेढ लाख मेट्रिक टना चिनी खरिद गरी राखेका छन् । बजारमा चिनीको हाहाकार गराई उक्त चिनी भन्सारछली गरी भित्र्याउने दाउमा शशीकान्त अग्रवालहरु रहेको स्रोत बताउँछ ।