सुनसरी, २०७७ कात्तिक १९ गते । आफ्नै श्रीमती ३२ वर्षीया छाया थापा मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१५ बस्ने ४२ वर्षीय गोपाल मगरलाई कात्तिक १८ गते मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गोपालले कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि धरान घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



