🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु

बाकु। अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो ।  

अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नाे काराबाखमा द्धन्द्ध जारी रहेको छ । त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौँ नागरिकले ज्यान गुमाएका छन् । 

यी दुई देशका बीचमा दुई पटकसम्म युद्धबिराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ । जसका कारण अहिले पनि द्धन्द्ध जारी नै रहेको छ । 

अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिनुभएको हो । उहाँले उक्त क्षेत्रमा पछिल्लो समयमा शुरुको भएको दुई देशबीचको द्धन्द्धका कारण नौ जना छात्रछात्राको ज्यान गएको बताउनुभएको छ ।

शिक्षा मन्त्री अम्रुल्याएभले गत सेप्टेम्बर महिनाबाट जारी रहेको यस द्धन्द्धमा परेर विद्यालयमा अध्ययनरत नौ जना छात्रछात्राको ज्यान गएको बताउनुभएको हो । दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यस यता आक्रमण जारी रहेको बताइएको छ । नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै आक्रमण गरिरहेका छन् । (रासस÷एएनआई)