जाँड खानेलाई जुँगाले छेक्दैन भनेजस्तै न्यूजिल्याण्डका पियक्कडले यस्तै उट्पट्याङ काम गरेका छन् । नयाँ वर्षमा न्यूजिल्याण्डको नर्थ आईसल्याण्डको आसपासका क्षेत्रमा सार्वजनिकस्थलहरूमा रक्सी पिउन मनाही गरिएको थियो । नयाँ वर्ष त्यो पनि बिना उत्सव, के होला त ? यसै कुरालाई मध्यनजर गर्दै केही पियक्कडले समुन्द्रमा कृत्रिमरुपमा टापु बनाएर रक्सी पिउन शुरु गरे । किन कि रक्सी मनाही केवल जलसीमाभन्दा बाहिर मात्र थियो । यही टापुमा बसेर केही पियक्कडले उत्सव मनाए । धेरै मानिसहरू आपूmहरूले त्यो टापुको उत्सवमा भाग लिन नपाएकोमा गुनासो व्यक्त गरेका छन् भने केहीले सिर्जनशील उपायको संज्ञा दिएका छन् ।
कृत्रिम टापु बनाएर मापसे !



