🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दशैंको समयमा भुटारमा बिजुली पुगेपछि खुसियाली

उदयपुर । मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–२ भुटारमा बल्ल दशैंको समयमा बिजुली पुगेपछि गाउँलेमा खुशीयाली छाएको छ ।उदयपुर क्षेत्र नं–२ का  सांसद सुरेशकुमार राईको पहलमा सङ्घीय सरकारबाट रू एक करोड पचहत्तर लाख र प्रदेश नं–१ सरकारका तर्फबाट रू एक करोडसहित रू दुई करोड पचहत्तर लाखको लागतमा रौताको मुर्कुची बजारबाट चालिस कोश टाढा उत्तरी पहाडी क्षेत्रको भुटारमा बिजुली ल्याइएको गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभयो ।सोमबारदेखि भुटार क्षेत्रमा बिजुली बल्न थालिएकाले दशैंको बेला सबै गाउँलेमा खुशी छाएको वडा नं–२का वडाध्यक्ष खबिन्द्र रासकोटीले जानकारी दिनुभयो ।

पहिलो पटक बिजुलीबत्ती बाल्न पाएकामा रन्जु ठकुरी  खुशीहुँदै भन्नुभयो, ,“कोरोनाको सङ्क्रमणले अहिले सबै गाउँले दुःखी भइरहेका बेला ढिलै भएपनि दशैंको सम्मुख गाउँमा बिजुली आयो, राति गाउँ नै झलमल्ल हुन पुगेको छ,गाउँ उज्यालो देख्दा साह्रै खुशी लागेर आउँदो रहेछ, यसअघि राति अध्याँरो रहने गाउँ अहिले उज्यालो देख्न पाउँदा हामीहरू धेरै खुशी भएका छौ  ।”

भुटारकै कमल राउतले पनि यसरी खुशी ब्यक्त गर्नुभयो,“अन्यत्र बिजुली बत्ती बल्दा हाम्रो गाउँघर अँधरो नै थियो तर गाउँमा छिटै बिजुली आयो, कोरोनाका कारण आफूहरूको खुशी खोसिए पनि दशैंको समयमा गाउँमा बिजुली आउँदा सबैं खुशी छौं, अहिले गाउँनै उज्यालो भएकोले आफूहरूले सबै दुखः बिर्सेजस्तो लाग्छ ।”भुटारका करिव दुईसय पचास घरमा विद्युत बितरण गरिएको र अब अन्य वडाहरूमा पनि २०७८ सालभित्रै बिजुली बिस्तार गरिसक्ने लक्ष्य रहेको  अध्यक्ष खड्काले बताउनुभयो ।