🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

३७ लाख जरिवाना तोकिएका बैंकिङ कसुरका दोषी पक्राउ

काठमाडौँ, २७ वैशाख (रासस) : बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै रु ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंँकिङ कसुरमा काठमाडौँ महानगरपालिका– ८ का ५० वर्षीय रामसुन्दर डङ्गोललाई पक्राउ गरेको हो । उहाँले विसं २०७७ मा कैलाश विकास बैंक लिमिटेडमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए ।

उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको उनी विरुद्ध मुद्दा परेको थियो ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा उच्च अदालत पाटनको यही ४ गतेको फैसलाले डङ्गोललाई ७ दिन कैद र रु ३६ लाख ७५ हजार जरिवाना हुने ठहर गरेकोको थियो ।

फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा सोमबार काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कलम थापाले जानकारी दिनुभयो ।
–––