काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा एकै दिन ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बूढानीलकण्ठका ८ वडाका ३५ जनामा कोरोनाको संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार, वडा नं. ३ मा १ र ४ मा समान ७/७ जना संक्रमित बनेका छन् । त्यस्तै वडा नं. ४ मा ६, र वडा नं. ९ तथा १२ मा समान ४/४ जनामा कोरोना पुष्टि भएको छ । वडा नं. ११ र १३ मा ३/३ तथा वडा नं. १ मा १ जना संक्रमित बनेको नगरपालिकाले जनाएको छ ।
योसँगै बूढानीकलण्ठमा कोरोना संक्रमित हुनेको संख्या ६ सय ५५ पुगेको छ । यसमध्ये ४ सय २९ जना निको भएका छन् भने २ सय २२ जना संक्रिय संक्रमित छन् । नगरपालिकाका अनुसार सक्रिय संक्रमितमध्ये १ सय ९८ जना होम आईसोलेसनमा र २४ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ्



