🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मिलिजुली परिवारद्वारा बुटवलस्थित सैजु वृद्धाश्रमलाई सहयोग

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा आवद्ध समूह मिलिजुली फेमिली (Hand To Hands Family) ले बुटवलस्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाआश्रममा सहयोग हस्तान्तरण गरेको छ । मिलिजुली परिवार विश्व एकै परिवार मानव सेवा हाम्रो आधार (one world one family service to humanity) भन्ने मुलमन्त्रका साथ सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ । 

सामाजिक सञ्जाल टिकटकमा आवद्ध यस मिलिजुली परिवारमा हालसम्म २ सयभन्दा बढी सदस्य आवद्ध भइसकेका छन् । यो समूहले सामाजिक सञ्जालको असल प्रयोगकर्ताको उदाहरण दिँदै सकारात्मक सोचका साथ सामाजिक कार्य गर्दै आएको छ । 

यसअघि  यो समूहले काठमाडौंको गोगंबुमा रहेको हिमालय बृद्वाआश्रममा रहेका ३५ जना जेष्ठ नागरिक लाई खाद्यान्न, लत्ताकपडा र आवश्यक सामग्री वितरण र भोजन गराउने तथा रक्तदान जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ । 

\"No

एक औपचारिक कार्यक्रम आयोजना गर्दै कर्मयोगी वरिष्ठ समाजसेवी धर्मपाल गणेशमान सैजुको योगदानले २०६० सालमा स्थापना भएको बुटवलस्थित सिद्धबाबा बृद्वाआश्रममा रहेका ११ जना जेष्ठ नागरिकलाई सम्मान तथा आवश्यक सामग्री हस्तान्तरण, दशैंको नयाँ लुगा वितरण तथा भोजनसमेत गराएको छ ।

उक्त कार्यक्रममा कार्यक्रमका संयोजक रारा सैजु (रेखा ), बृद्वाआश्रमका अध्यक्ष समाजसेवी महेश्वर प्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अर्जुन मान सैजु, नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष, एबम बृद्वाआश्रमका संरक्षक समाजसेवी अनुप मान सैजु , मिलिजुली परिवारका माधब शर्मा भट्टर्राई र पत्रकार तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

बृद्वाआश्रमका संस्थापक कर्मयोगी वरिष्ठ समाजसेवी स्व.गणेशमान सैजुको सालिकमा माल्यार्पण गरि कार्यक्रम समुद्धाटन गरिउको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहित मिलिजुली परिवार र कार्यक्रम बारे संयोजक रारा सैजुले प्रकाश पारेका थिए । 

 उक्त समुहले वृद्धाआश्रममा संचालन हुने नवज्योति आदर्श बालकुन्जको लागि  १० हजार १५ रुपैयाँ वृद्धाश्रमका अधयक्ष महेश्वरप्रसाद श्रेष्ठलाई प्रदान गरेको थियो । त्यसैगरी भैरहवास्थित बाल आश्रमको लागि रु ५००५ माधवप्रसाद भट्टराईलाई प्रदान गरिएको थियो । 

कार्यक्रममा उपस्थिति अतिथीहरुले मिलिजुली टिकटक परिवारको कार्यलाई शुभकामना दिनुको साथै आश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले टिकटक मिलिजुली परिवारलाइ मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरे ।