🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पिठोको मूल्य रु. १३०.५० प्रति केजी !

काठमाडौं । सशस्त्र प्रहरी बलले लिपुलेक, कालापानीलाई लक्षित गरेर दार्चुलाको छांगरु बीओपी स्थापना गरेपछि यो क्षेत्र चर्चामा छ । यही क्षेत्रका जनताले मोटा चामल खरीद गर्न अब धनगढीको भन्दा तेब्बर बढी मूल्य तिर्नुपर्ने भएको छ ।

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले संकलित उत्पादन छांगरुमा ढुवानी गर्न सप्लायर्स छनोट गरेसँगै अब त्यहाँका जनताले चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको हो । खाद्यले २०७७ भदौ २३ गते देशका विभिन्न भागमा संकलित खाद्यान्न ढुवानी गर्न खुला प्रतिस्पर्धाबाट १ सय २८ सप्लायर्स छनोट गरेको छ । जसमा धनगढी डिपोदेखि छांगरु वितरण केन्द्रसम्म ढुवानी गर्ने पनि छ । छांगरुमा ठेक्का गर्ने टेन्डर राजुप्रसाद श्रेष्ठको नाममा दर्ता भएको ठेक्का मेरो कन्स्ट्रक्सनले पाएको छ । जसले धनगढीबाट छांगरूसम्म ढुवानी गरेको प्रतिक्विन्टल ९ हजार ४ सय ९९ रूपैयाँ पाउने छ । यो चालु आर्थिक वर्षमा ढुवानीबापत कबोल गरिएको सबैभन्दा बढी भाडा हो । 

२०७७ भदौ २८ गतेको खाद्यको मूल्यसूची अनुसार प्रादेशिक कार्यालय, धनगढीमा अरुवा मोटा चामलको प्रतिकेजी मूल्य ४२ रूपैयाँ ५० पैसा छ । तर त्यो चामल छांगरु पुग्दा अब धनगढीको भन्दा तेब्बर बढी पर्ने भएको छ । धनगढीमा ४२ रूपैयाँ ५० पैसामा पाइने अरुण मोटा चामलकै मूल्य १ सय ३७ रूपैयाँ ५० पैसा प्रतिकिलो पर्ने भएको छ । प्रादेशिक कार्यालय, धनगढीमा गहुँको पिठो प्रतिकिलो ३५ रुपैयाँ ५० पैसा छ । अब त्यहीँ गहुँको पिठो छांगरुका जनताले प्रतिकिलो १ सय ३० रुपैयाँ ५० पैसा पर्नेछ ।

 छांगरुजस्तै अन्य क्षेत्रको ढुवानी भाडा पनि उच्च छ । धनगढीबाट हुम्लासम्मको ढुवानी भाडा प्रतिक्विन्टल ६ हजार १ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, नेपालगञ्जदेखि हुम्लासम्मको प्रतिक्विन्टल ५ हजार ९००, काठमाडौंबाट सिमकोटसम्मको ६ हजार, सुर्खेतदेखि हुम्लासम्मको ५ हजार ४ सय ९० प्रतिक्विन्टल भाडा तय गरिएको छ । सुगम क्षेत्रमै ढुवानी गर्न पनि उच्च भाडादर तोकिएको छ ।

यसबाट उपभोक्ताले सरकारले उपलब्ध गराएको खाद्यान्नमा उच्च मूल्य तिर्नुपर्ने भएको छ । खाद्यले देशका विभिन्न भागमा आफ्ना संकलित उत्पादन वृद्धि गर्न छनोट गर्ने ढुवानीकर्ता मिलेमतोमा गर्ने गरेको आरोप लाग्दै आएको छ । यस वर्ष पनि कतिपय स्थानको भाडा दर उच्च रहेकाले विगतकै प्रवृत्तिले निरन्तरता पाएको कतिपयले टिप्पणी गरेका छन् ।

 खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सचिव पवित्र गौतमसँग यसबारे जानकारी राख्दा यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । उनले सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीसँग यसबारे बुझ्न भने । सुवेदीले भने खुला प्रतिस्पर्धाबाट पारदर्शी ढंगले ढुवानीकर्ता छनोट गरिएको बताइन् । 

 खाद्यको संकलित उत्पादन ढुवानी गर्न अत्यधिक टेन्डर परेको र तिनैमध्ये कममा ढुवानी गर्न प्रस्ताव गरेकालाई छनोट गरिएको उनले बताइन् । कार्गोको भाडाभन्दा पनि स्थलमार्गको ढुवानी भाडा दर उच्च भयो नि भन्ने जिज्ञासामा भने उनले आफूलाई यसबारे कुनै जानकारी नभएको बताइन् ।