🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जग्गा व्यवसायीबाट मालपोत कार्यालयमा धर्ना

विराटनगर । विराटनगर मालपोत कार्यालयले जग्गा कित्ताकाट शुरु गर्न नमानेको जनाउँदै घरजग्गा व्यवसायीले आज एक घण्टाका लागि कार्यालय बन्द गराएका छन् । व्यवसायीले आइतबारदेखि पनि काम शुरु नभए कार्यालय पूर्णरुपमा बन्द गर्ने चेतावनी पनि दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले यही भदौ १८ गते मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराई सो कारोबार शुरु गर्न निर्देशन दिइसकेको छ ।

     
नेपाल सरकारबाट जग्गा खण्डीकरण सम्बन्धमा  कार्यालयलाई पत्र पठाए पनि मालपोत कार्यालयले सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेकामा आपत्ति जनाउँदै व्यवसायीले तत्काल जग्गा कित्ताकाटको प्रक्रिया आरम्भ गर्न माग गरेका छन् ।   तीन वर्षदेखि रोक्का रहेको सो कार्य  नहुँदा व्यवसायी निकै मर्कामा परिरहेको र  बैंक पनि समस्यामा परेको घरजग्गा व्यवसायी सङ्घका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिनुभयो ।