🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चालु शैक्षिक सत्रमा शुल्क बृद्धि नगर्न सरकारको आग्रह

२७ वैशाख (रासस/एएनआई) : भारतको महाराष्ट्र प्रदेशका शैक्षिक संस्थाहरुलाई चालु शैक्षिक सत्रमा शैक्षिक शुल्क बृद्धि नगर्न आग्रह गरिएको छ । महाराष्ट्र शिक्षा विभागले शैक्षिक सत्र २०२०–२१ मा शैक्षिक शुल्क बृद्धि नगर्न शनिबार आग्रह गरेको हो ।

अविभावकहरुले यसअघि निर्धारण गरिएको शैक्षिक शुल्क तिर्न पनि गाह्रो हुने अवस्था रहेकाले थप बृद्धि गर्नु उपयुक्त देखिदैन, विभागले भनेको छ । उनीहरुलाई तत्काल शुल्क तिर्न बाध्य नपार्न वा दवाव नदिन पनि विभागले आग्रह गरेको समाचारमा जनाइएको छ । 

कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै रहेको छ । लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द भएकाले विद्यार्थीले पढ्न पाएका छैनन भने अविभावकहरुको आम्दानी पनि घटेको छ । 

अहिले आम्दानी नभएकाले उनीहरुलाई शुल्क तिर्नका लागि मासिक वा चौमासिकमा तिर्न मिल्ने व्यवस्था गर्न पनि विभागले आग्रह गरेको छ । भारतमा पटक पटक थप्दै लम्ब्याउदै गरिएको देशव्यापी लकडाउन अहिले यही मे १७ तारिखसम्मका लागि तय गरिएको छ ।  
––––