🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खेलकुद परिषद् : न खेलकुद न तलब !

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का एक अधिकृतले साँघु साप्ताहिकलाई गुनासो गर्दै भने, ‘बिना तलब खेलकुद परिषदमा लखरलखर आउजाउ गर्ने काम भैरहेको छ ।’ यसबारे उनले थप खुलाउँदै भने, ‘सरकारी कर्मचारी भनेर के गर्नु काठमाडौंको बसाई छ, २०७७ साउनकै तलब पाइएको छैन, यस्तो महामारीमा बडा हाकिमले बोलाए भने ज्यू हजुर भन्दै जानुपर्छ ।’ परिषदका कर्मचारीले २०७७ भदौ महिना सकिन लाग्दासमेत साउन महिनाको तलब नपाउँदा चिन्तित भएका छन् । 

भदौ महिनामा खासै परिषदको काममा खटिन नपरे पनि बडा हाकिमले बोलाएपछि कोरोना भाइरसको मतलब नगरी आज्ञाकारी हुन जानुपर्ने बाध्यतालाई भने उनले निकै चित्त दुखाई गरे । 

एक चौथाई कर्मचारीले मात्र काम गर्ने गरी बाँकी रहेका राखेपका कर्मचारीहरू घरमै बसिबसी तलब पकाइरहेका छन् । घरमै बसेका एक कर्मचारीसँग सम्पर्क गर्दा उनी भन्छन्, ‘हामीलाई बोलाएको भए जाने थियौं त्यसमा समस्या थे’न । तलब पनि हालेको छैन । यसमा नेतृत्वले चासो नदेखाएको देखिएको छ ।’

सदस्यसचिव सिलवाल बने बेपर्वाह 
नयाँ खेलकुद विकास ऐन बनेपछि खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालको भूमिका खुम्चिएको छ । सदस्यसचिवको भूमिका खुम्चिएपछि उनी आफ्नो भूमिकाबाट पनि बेपर्वाह बन्दै गएका छन् । उनले कर्मचारीहरूको दैनिक काम कार्वाही बारेमा व्यवस्थापनको जिम्मेवारी बहन गर्ने जिम्मेवारी पाएका छन् । तर उनलाई त्यसको कुनै मतलब छैन । 

उनी यो ऐनको विरोधमा थिए । सुरुदेखि नै विरोध गर्दै आए पनि उनको केही सीप लागेन । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले एकल प्रयासमा नयाँ ऐन निर्माण गर्न सफल भए । खेलकुद परिषदका अन्य आफ्नो मन खानेलाई सहभागी गराए पनि सिलवाललाई मन्त्रीले गनेनन् । 

यसको प्रमुख कारण थियो सिलवालको गैरजिम्मेवार प्रवृत्ति । सिलवालले २०७६ मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा मन्त्री विश्वकर्मालाई अपमान गरेको र समग्र खेलकुदकर्मीलाई वेवास्ता  गरेर काम गरेको, अहम् पालेको लगायतका चरित्र प्रदर्शन गरेकाले पनि सिलवाललाई फेरि हावी हुन मन्त्री विश्वकर्माले नदिएको खेलकुद परिषदमा चर्चा हुँदै आएको छ । 

सदस्यसचिवले आफ्नो भूमिका त बिर्सिएका छन् नै उनले साग आयोजनाको खर्च एक वर्ष पुग्न लाग्दासमेत सार्वजनिक नगरेकोमा इतर पक्ष रुष्ट हुँदै आएको छ । बिना टेन्डर हरेक काम उनले फास्ट ट्रयाकमा गरेकाले पनि रुष्ट हुनेहरू बढी छन् । उनले सीमित व्यक्तिलाई मात्र आफ्नो बनाएको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको साथ पाएको भन्दै उनले कसैलाई पनि नगनेपछि उनका विपक्षहरू बढी आक्रोसित भएको चर्चा परिषदभित्र दिनानुदिन चलिरहन्छ खेलकुद परिषदका हालै नियुक्त एक बोर्ड सदस्य भन्छन्, ‘उहाँमा भएको एटिच्युट अझै गएको छैन । तर हामीले उहाँ जे भन्नुहुन्छ त्यही गर्न सघाउने गरी थपडी बजाउन आएका हैनौं । हामी यहाँ खेलकुद विकासका लागि आएका हौं । व्यक्ति हेर्दैनौं जिम्मेवारी हेर्छौं । एक गए अर्को आउँछ ।’

खेलकुदको विकासका कुरा छ नि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘एक दुई दिन ढिला हुन्छ तर जे हुन्छ राम्रै हुन्छ । कसैले अब खेलकुदलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्छु भनेर नसोचे हुन्छ ।’ यसबाट के स्पष्ट हुन्छ भने खेलकुदमा अब विकास हैन राजनीति भने झन् बढी देख्न पाइने अवस्था छ ।