🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपा समीकरणमा बदलाव : एक्लिए कमरेड माधव नेपाल 

काठमाडौं । नेकपाका अध्यक्षद्वय ठ्याम्मै मिलेपछि नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल भने सचिवालयमा एकाएक रक्षात्मक बनेका छन् । नेकपाले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनका कतिपय विषयमा असहमत नेपाल त्यसमाथि पनि छलफल गरेर अघि बढ्न तयार भएका छन् ।

स्रोतका अनुसार, नेता नेपालले २०७७ भदौ १८ गते सम्पन्न सचिवालय बैठकमा समग्रमा प्रतिवेदनको विरोध गरेनन् । तर उनले त्यसको कार्यान्वयनमा भने आशंका व्यक्त गरेका छन् ।

 कार्यदलको प्रतिवेदनका २१ बुँदाप्रति नेता नेपालले आशंका व्यक्त गरेको स्रोत बताउछ । अध्यक्षद्वयको भूमिकाबारे प्रश्न उज्याएका नेपालले सरकार सञ्चालनमा पार्टीको भूमिकाबारे पनि चासो राखेको बताइन्छ ।

यसअघि सचिवालय बैठकमा नेता नेपाल बहुमतमा रहने गरेका थिए । प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उनीतिर हुने गरेका थिए । तर यसपटक भने उनी निकै रक्षात्मक बन्न पुगेको चर्चा नेकपामा छ । स्रोतका अनुसार, प्रतिवेदनका कतिपय विषयमा नेता नेपालले फरक धारणा राखे पनि त्यसको आलोचना र आशंका व्यक्त गर्नेमा उनी एक्लो भएका थिए ।

‘सचिवालयमा सधैं सशक्त देखिएका वरिष्ठ नेता नेपाल यसपटक भने रक्षात्मक रहनु भयो,’ स्रोतले भन्यो, ‘विष्णु पौडेल संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनका कतिपय विषयमा उहा“ले असहमति जनाए पनि नारायणकाजी श्रेष्ठलगायत कुनै पनि नेताले उहाँलाई साथ दिनु भएन ।’

विगतमा माधव नेपालको छवि देश र पार्टीको राजनीतिमा मध्यस्थकर्ता बनेर महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रूपमा थियो । माले, एमालेभित्र मदन भण्डारी, सीपी मैनाली, झलनाथ खनालबीच विवाद हुँदा यिनै नेपालले मध्यस्थताको भूमिका खेलेर मिलाउने गरेका थिए । एमालेको नवौं महाधिवेशनयता भने उनले शैली र भूमिका परिवर्तन गरेको उनीविरोधी नेताहरुको आरोप छ ।

समस्या समाधान गर्ने पुरानो लय बिर्सेर समस्या सिर्जना गर्नेतिर उनको ज्यादा रुचि देखिन थालेको एकथरीको गुनासो रहने गरेको छ । नवौं महाधिवेशनमा केपी ओलीस“ग अध्यक्षमा भएको पराजयको तुस पालेका त होइनन् भन्ने आशंका पनि नेकपाका नेताहरुले व्यक्त गर्ने गरेका छन् ।