🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपत्यकाका स्थानीय तहबाट दिइने सेवा भदौ १५ सम्म स्थगित

काठमाडौं । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ  १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । 

 पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।

 बैठकले उपत्यकाका स्थानीय तहबाट पुनःसञ्चालन हुँदै आएका सेवामध्ये अत्याश्यकबाहेक सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकामा पुनः भदौ दोस्रो हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो ।   

उपत्यकामा कोभिड—१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरिएको छ ।

  
 उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयको टोलीसहित मङ्गलबारदेखि नै उपत्यकाका पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण अघि बढाइने जानकारी दिए ।  अहिलेसम्म उपत्यकाका  पालिकाको तथ्याङ्कानुसार दुई हजार ७ ४६ संक्रमित भेटिएकाले  करीब २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी रहेको प्रमुख शाक्यले बताए । 
बैठकले  ढिलोमा भदौ १५ गतेसम्म अनुमानित सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने निर्णय गर्दै सङ्क्रमणबाट सकेसम्म बच्नका लागि सबै नागरिकलाई आग्रह गरेको छ ।    बैठकमा सहभागी स्वास्थ्यमन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताए । ‘काठमाडौँभित्र कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुन सक्ने अनुमान छ’, उनले भने, ‘हामीले त्यो घेरा तोड्न सकेनौँ भने अवस्था भयावह हुन सक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’

 
कोरोना महहामारी नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेशन गर्ने  विधिलाई प्राथमिकता दिनुपर्ने बैठकमा सहभागीको माग  थियो ।  स्वाथ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको स्पष्ट पारे । विभागका डा अमित पोखरेलले तत्काल कन्ट्याक्ट टे«सिङबाट परीक्षण गर्न सकियो भने ८५ प्रतिशत सुरक्षित हुने बताए ।