🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भक्तपुरकी शान-रञ्जना सितिखु \’जोय रञ्जु\’

 काठमाडौँ – नरम स्वभाव, हँसिलो अनुहार भएकी बहुप्रतिभाकी धनी संचारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडी र सौन्दर्यकर्मलाई  एकैसाथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकी रञ्जना सितिखु सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन ।

\"\"

विगत १३ वर्षदेखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटी रञ्जनाले संचार क्षेत्रको माध्यमबाट जनतालाई सुसूचित गर्दै हजारौं पीडित नेपालीहरु दु:खको घाउमा मलम पट्टी लगाउन सफल भएकी छिन।

 सडकमा छ्ट्पटिरहेका पीडित देखि आश्रममा आश्रित अनाथ होस्, भूकम्पको दर्दनाक अवस्था होस् या कोभिड-१९ को पीडा हरेक समय सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी जनताको ढुकढुकी बन्न सफल बहुप्रतिभामुखी रञ्जना सितिखु भक्तपुरकी शान हुन् भन्दा अतियुक्ति नहोला।  

आफ्नो कर्मलाई बिश्वास गर्ने रन्जना पाँच वटा बिद्यालयमा नृत्य प्रशिक्षण गराउदैं आएकी छिन। नृत्य विधामा अब्बल रन्जना थिएटर आर्टिस्ट हुन् भने विभिन्न संचारगृहमा काम गर्दै लामो अनुभब संगालेकी उनले आफ्नो आवाजको माध्यमबाट विकृति र विसंगति बिरुद्ध लड्दै समेत आएकी छिन।

विभिन्न राष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी रन्जनाले दर्जनौ रियालिटी सो कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्बाह गर्दै आएकी छिन।    

महिला सशक्तिकरण, सम्मान र स्वतन्त्रतालाई प्रवर्द्धन गर्दै नारी  हकहितमा दरिलो आवाज बनेकी 'रञ्जना सितिखु'  बहुप्रतिभाशाली,  व्यक्तित्वको रुपमा परिचित हुन खाेज्दै छिन ।

भविष्यमा सामाजिक कार्यमानै आफ्नो जीवन व्यतित गर्ने सोच बनाएकी रञ्जना निरन्तर समाज परिवर्तनमा प्रयासरत उनका शुभ चिन्तकहरू बताउछन् ।