🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बैंक कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द

डोटी, ६ भदौ (रासस) : राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् ।  

यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् । क्यासियर पदमा कार्यरत महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भन्दै पाँच दिनका लागि बैंक कारोवार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताउनुभयो । 

जिल्लामा अहिलेसम्म ८०० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालको पिसीआर ल्याबमा गरिएको कोरोना परीक्षणमा निज महिला कर्मचारीसहित १८ अन्य व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार पिसीआर परीक्षणमा जिल्ला प्रहरी कार्यालयका दुई पुरुष तथा एक महिलामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
–––