काठमाडौं, २०७६ बैशाख ३१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले नेपाललाई दुईवटा फाइदा ग¥यो । एउटा यातायात तथा पारवाहनका लागि चिनिया बाटो खुल्यो । अब चीनको बाटो हु“दै संसारका अन्य वजारमा पुग्न सकिने भयो । हिजोसम्म भारतको बजारमा सीमित नेपालको व्यापारिक बाटो चीनमा पुग्यो ।
त्यसमा पनि चीनसंगको सम्झौता भूपरिवेष्ठित मुलुकले पाउने अन्तर्राष्ट्रिय सुविधासहितको सम्झौता हो । जबकि भारतले भूपरिवेष्ठित मुलुकले पाउने अधिकारभन्दा पनि छिमेकीको हैसियतमा दिएको सुविधामात्रै हो ।
त्यस कारणले नेपाल र चीनबीचको सम्झौता निकै महत्वपूर्ण छ । त्यसमा अर्को महत्वपूर्ण पक्ष के छ भने यातायाता तथा पारवाहन सम्झौतामा चीनका वन्दरगाहबाट काठमाडौं आउने रुट तोकिएको छैन ।
चीनबाट नेपाललाई सहज र छोटो पर्ने जुनसुकै रुट प्रयोग गरेर पनि सामान ल्याउन पाइनेछ तर भारतले रुट निर्धारण गरिदिएको छ । अर्काे महत्वपूर्ण पक्ष भनेको चिनिया राष्ट्रपति सी जिनफिडको नेपाल भ्रमणको संभावना बढाएको छ ।
परराष्ट्र स्रोतका अनुसार, आउँदो दशैंभन्दा पहिला सी नेपाल भ्रमणमा आउन सक्ने संभावना छ । त्यसमा पनि भारत, नेपाल र पाकिस्तानको एकैपटक भ्रमण गर्नेगरी राष्ट्रपति सीले योजना बनाउन सक्ने चीन निकट स्रोतको भनाइ छ ।
राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने वातावरण यो बर्ष बन्न नसकेमा प्रधानमन्त्री ली खछाङ आउन सक्ने पनि स्रोतहरुको दावी छ । नेपालमा चीनका राष्ट्रपति भ्रमणमा नआएको २६ बर्ष भइसकेको छ । त्यसैगरी चिनिया“ प्रधानमन्त्री नेपाल भ्रमणमा नआएको भने ६ बर्ष भइसकेको छ । सन् २०१२ जनवरी १४ मा ५ घण्टाका लागि प्रधानमन्त्री वेन जियावाओ आएका थिए । त्यसपछि नेपालका प्रधानमन्त्री जाने तर उताबाट भने नआउने क्रम चलिरहेको छ ।



