🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनटीभी : संकटका बेला दनादन कर्मचारी भर्ना

काठमाडौं । कोरोना भाइरस महामारीले देशको अर्थतन्त्र तहसनहस छ । थाहा छैन, अझै कहिलेसम्म महामारीले पिछा मारिरहने हो ।

महामारी गहिरिने देखेरै सरकारले फजुल खर्च र कर्मचारी नियुक्ति नगर्न अपिल नै गरेको छ । भलै योबीचमा आफैंले गरेको निर्णय सरकार आफैंबाट उल्लंघन भइरहेका छन् ।

मुलीबाटै नियम मिचिरहेका बेला सरकारी संस्था नेपाल टेलिभिजनले पनि उसकै पद्चाप पछ्याएर कर्मचारी भर्ना गरेको छ ।  स्थायी पदपूर्ति प्रक्रिया थालेको टेलिभिजनले करारमा कर्मचारी भर्ती गरेको हो ।

सस्थानको विनियमावली अनुसार,सातौं तहको कर्मचारी भर्ना गर्न नमिल्ने भए पनि शेखर अधिकारीलाई नियुक्ति थमाएर अनलाइनको जिम्मा दिइएको छ । त्यस्तै, कोरोना महामारीकै बीच कोहलपुरका लागि भन्दै थप ३ जना जनशक्ति पनि हालै नियुक्त गरिएको छ । 

संस्थाको वर्तमान र दीर्घकालीन हितलाई पूर्णतः बेवास्ता गरेर व्यवस्थापनले कर्मचारी तथा पत्रकारको नियुक्ति गरेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । 

सत्तारूढ दल निकटकै युनियनको विरोध 

\"\"

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षको भूमिकामा महेन्द्र विष्ट छन् । महाप्रबन्धकको भूमिकामा भने गोविन्द रोका छन् । विष्ट र रोका दुवैको झुकाव सत्तारूढ दल नेकपामा छ । तर टेलिभिजनमा क्रियाशील नेकपानिकटकै कर्मचारी संगठन दलनिकटकै व्यवस्थापकविरुद्ध वक्तव्यबाजी गर्नुपर्ने अवस्थामा पुगेका छन् ।  

नेपाल टेलिभिजन कर्मचारी युनियन र नेपाल टेलिभिजन कर्मचारी संघले ०७७ भदौ ३ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विधि र प्रक्रिया मिचेर कर्मचारी भर्ना गरिएको जनाएका छन् । उनीहरूले तत्काल नियुक्ति खारेज गर्न पनि माग गरेका छन् । 

त्यहाँ कार्यरत एक कर्मचारीले फेसबुकमा पोस्ट गरेको संयुक्त विज्ञप्तिमा प्रतिक्रिया जनाउँदै पत्रकार गजुर्धन राईले लेखेका छन्– हेर्दै बस्ने रमिते म त फुच्चे ।’ 

४ करोडको ग्राफिक्स सिस्टम अलपत्र 

\"\"

टेलिभिजनले केही वर्ष अघि ४ करोड रूपैयाँको हाराहारीमा ग्राफिक्स सिस्टम खरीद गरेको थियो । तर उक्त ग्राफिक्स सिस्टम अझै पनि जडान गरिएको छैन । स्टुडियो कन्ट्रोल रुममा सोही सिस्टम अपरेट गर्ने कर्मचारीसमेत व्यवस्थापनको कार्यशैली देखेर अचम्मित बनेका छन् । 

साताअघि १४ बुँदा लामो विज्ञप्ति टाँसेर भित्ता फोहोर पारेको नेकपानिकट नेपाल टेलिभिजन कर्मचारी युनियन स्वयंले पनि ४ करोडको सिस्टम अलपत्र पर्नुको कारणबारे व्यवस्थापनसँग जवाफ मागेको छ । 

टेलिभिजनको विज्ञापन प्रसारण व्यापार निर्देशिकाअनुसार गर्ने व्यवस्था छ । तर केही विज्ञापन व्यापार निर्देशिकाअनुसार, कम रेटमा बजाइएको स्वयं नेकपानिकटै कर्मचारी युनियनले आरोप लगाएको छ । उसले यस्ता गतिविधिले संस्थाको आम्दानीमा असर पर्ने भन्दै नियमानुसार गर्न स्मरण गराएको छ ।