🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बुटवल लकडाउन : सङ्क्रमितको मनोबल बढाउन घरदैलो

बुटवल । कोरोना भाइरस सङ्क्रमितको मनोवल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनि  गरेको छ । भाइरसको सङ्क्रमण समुदायमा बढदो अवस्थामा रहेको जनाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि उपमहानगरपालिकाले नगर क्षेत्रमा पूर्णरुपले बन्दाबन्दी (लकडाउन) जारी गरेको छ । 

कोरोना सङ्क्रमितहरु उपमहानगरले सञ्चालन गरेका आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका सङ्क्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई समेत सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएको छ ।

 होम आइसोलेशनमा राखिएका  सङ्क्रमित र तिनका परिवारलाई भेट्न उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घर घरमा पुग्नुभएको छ । उहाँले सङ्क्रमितको मनोवल बढाउन स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र आयुर्वेद औषधि समेत लिएर सङ्क्रमितका घरमा भेटघाट थाल्नुभएको छ ।

विभिन्न परिस्थितिमा सङ्क्रमित  हुन पुगेका र स्वास्थ्य सावधानी सहित होमआइसोलेशनमा बसेहरुलाई घरदैलोमै पुगेर स्वास्थ्यलाभको कामना गरिएको  उहाँले बताउनुभयो । उहाँले भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाएको र अरुलाई पनि अपनाउन अपील गर्नुभएको छ । 

नगरप्रमुख सुवेदीले बुधबार नगर क्षेत्रका विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका सङक्रमितलाई घरमै पुगेर भेटघाट गर्नुभएको उपमहानगरपालिकाले जनाएको छ । यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेमा समेत सुरक्षा प्रवन्धसहित जानकारी गराउने गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।

होम आइसोलेशनमा घरमा सुरक्षित रुपमा बसिरहेका बेलामा गेटमा एक्कासी मेयरसहतिको टोली ओखतीको पोको बोकेर आउदा एकदमै खुशी लागेको बुटवल–११, का एक सङक्रमित पुरुषले जानकारी दिनुभयो । उहाँले यस्तो अभियानले हरेक सङक्रमितको मनोबल उँचो बताउनुभयो । 

प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत  शर्मा, होम आइसोलेशन रहेका सम्बन्धित वडाका अध्यक्षहरु रामचन्द्र क्षेत्री, नारायणप्रसाद पुन र उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहसहितको टोलीले सुरक्षा प्रबन्धसहित सङक्रमितको स्वास्थ्य लाभको कामना गर्न होम आइसोशनमा पुग्नुभएको हो ।

बुटवलमा मात्रै बुधबारसम्म एक सय २७ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । ती  मध्ये केही त बुटवल उपमहानगरपालिकाकै कर्मचारीसमेत छन् । उनीहरु सबै आइसोलेशनमा राखिएका छन् भने उनीहरुको परिवारमा पनि परीक्षण भइरहेको छ । 

उपमहानगरपालिकाले पछिल्लो समयमा बजारको भीड नियन्त्रण गर्न समेत नयाँ मापदण्ड बनाएर कडाई गरिरहेको छ । सचेतनाका कार्यक्रम र टोलटोलमा स्वयंसेवक समेत परिचालन गर्दै नियन्त्रणका काम प्रभावकारी बनाउन लागिएको नगर प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।