🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीकै सेटिङ्गमा कृष्णनगरबाट  तस्करी 

कृष्णनगर । केही समय अघि भारतमा महामारीको रुपमा फैलिदै गैईरहेको कोरोनाका बेला भारतबाट नेपाल  आउने नागरिकको ब्यवस्थापनमा सजगता नअपनाउदा अहिले नेपाल पनि काेराेना संक्रमणले ग्रस्त  छ । तर सीमा सुरक्षाका जिम्मा लिएका सशस्त्र प्रहरीका हाकिम र कर्मचारी भने  सरकारकाे निर्देशन पालनामा  सीमा नाकामा ओहाेरदाेहाेरप्रति ईमान्दार भएर राेक्नुको साटाे कमाउ धन्दामा ब्यस्त भएर रातकाे समयमा मानिस  ओहाेरदाेहाेर गर्न छुट दिएकाे खबर छ । 

 जसले गर्दा सर्वसाधारणले सास्ती ब्यहोरेको र तस्करीले मस्ती गरेको घटना सार्वजनिक भएको छ। भारतीय सीमा क्षेत्र सिल गरिएको भनिए पनि त्यो सरकार र नागरिकलाई बेवकुफ बनाउन र देखाउन गरिएको नाटक जस्तो भएको छ भन्ने कुरा  २०७७ साउन २९ गते कृष्णनगर नगरपालिका २ ठकुरापुर भन्ने नाकाबाट सशस्त्रका घुमुवा सहायक हवल्दार रविकिरण चन्दले ठकुरापुरका बृजेस यादवबाट शुभलाभ लिएर  सेटिङ मिलाएर छोडेको मटर(केराउ) दालको ट्याक्टर नेपाल प्रहरीले पक्राउ गरि भन्सारमा बुझाएकाे घटनाले पुष्टि  गरेको छ ।

  सो नाकाबाट अहिले पनि ठूलो मात्रामा संगठित तस्करी हुने गरेको स्राेत बताउछ । सशस्त्र प्रहरीले एक हप्ता अघि मात्रै २९ वटा गुल्म खारेज गरि सीमा नाकामा सुरक्षा बढाउने उद्देश्यले प्रत्येक तीन जिल्लाको सीमा नाका हेर्ने गरि एक रिजर्भ गण नामाकरण गरि सशस्त्रले दरबन्दी समायोजन र सरुवा गरेको छ । जसमा नवलपरासी , सुनौली र  कृष्णनगर भन्सार हेर्ने गरि नम्बर ४१ रिजर्भ  गण चन्द्रौटामा स्थापना गरिएको छ ।  

   जस्को कमान्डर एसपी यादव विश्वकर्मा बनेका छन उनीमाथि  विगतमा बर्दियामा हुँदा पनि व्यापक तस्करी गरेको आरोप पहिले पनि लाग्ने गरेको थियो हो त्यही चलन थाहा पाएका र हाल एकै ठाउँ  दाङ्ग घर भएका कारण यो सबै कुरा रविकिरण चन्दले उनी कपिलवस्तु आउनु अघिनै फोनबाट मिलाई सकेकोले यसरी दिनदहाडै खुलेआम तस्करी हुने गरेको हो भन्ने कुरा हामीलाई नाम उल्लेख नगर्ने सर्तमा कृष्णनगर भन्सारमा रहेका एक जुनियर अधिकृत सशस्त्र कर्मचारीले बताए ।

 
 हाल यो कुराको खबर बाहिनीसम्म गाईगुई पुगे पनि एसपी यादव विश्वकर्माको अफिस बाहिनीको प्रांगणमै भएको हुँदा ढाकछोप हुन सक्ने आशंका अरु कर्माचारीले गरेका छन् ।