काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको छ ।
नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था बोर्डले मिलाएको छ ।
गत वर्षको एसईई चैत ६ बाट सुरु हुने कार्यतालिका तय भएको थियो । तर कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो । स्थगित परीक्षा पुनः सञ्चालन गर्ने अवस्था नरहेपछि आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको थियो । त्यहीअनुरूप सोमबार एसईईको नतिजा बोर्डले सार्वजकि गरेको हो ।



