🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोल्यान्डमा थप सैनिक तैनाथ गर्न सम्झौता

वार्सा । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले पूर्वी युरोपेली मुलुक पोल्यान्डमा थप अमेरिकी सैनिक तैनाथ गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । 

मध्य तथा पूर्वी युरोपेली मुलुकहरुको भ्रमणको अन्त्यमा पोल्यान्डको राजधानी वार्सामा आयोजित समारोहमा पोल्यान्डका रक्षामन्त्री मेरिअस्ज ब्लाजाकसँग सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । यो सम्झौतापछि पोल्यान्डमा थप अमेरिकी सेना तैनाथ गर्न अमेरिकालाई बाटो खुलेको छ । 

सम्झौता समारोहलाई सम्बोधन गर्दै पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले कुनै सुरक्षा खतरा उत्पन्न भए अमेरिकी सेनासँग काँधमा काँध मिलाएर लड्न पोलिस सेना तत्पर रहने वचनबद्धता प्रकट गर्नुभयो । 

उहाँले पोल्यान्डको अमेरिकी सैन्य अखडाले युरोपका अरु मुलुकको सुरक्षामा समेत ठूलो सघाउन पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति आन्द्रेजले पोल्यान्डमा विदेशी लगानी र व्यापार सम्बन्धमा पनि गुणात्मक सुधार हुने अपेक्षा गर्नुभयो । पोल्यान्डमा हाल करिब चार हजार ५०० अमेरिकी सेना तैनाथ भइसकेका छन्, र चाँडै अरु एक हजार सैनिक थप हुनेछन् । 

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ सैनिक कटौती गर्ने घोषणा गरेलगत्तै अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट फिर्ता हुने करिब १२ हजार सैनिकमध्ये करिब पाँच हजार ६०० लाई पोल्यान्ड समेतका अन्य मुलुकमा तैनाथ गरिने जनाएको थियो । 

यसबाहेक, जर्मनीबाट धेरैवटा अमेरिकी सैन्य कमान्ड हटाइने भएको छ । जर्मनीमा रहेको आर्मी भी कप्र्सलाई अर्को वर्ष पोल्यान्ड स्थानान्तरित गरिनेछ । (रासस–एपी)